एआई फिचरसहित सामसङले नेपालमा सार्वजनिक गर्‍यो ग्यालेक्सी एम-१७ फाइभ जी स्मार्टफोन

एआई फिचरसहित सामसङले नेपालमा सार्वजनिक गर्‍यो ग्यालेक्सी एम-१७ फाइभ जी स्मार्टफोन
+
-
देशसञ्चार AI सारांश
  • Galaxy M17 5G मा Optical Image Stabilization प्रविधि प्रस्तुत छ, जसले फोटो तथा भिडियोहरूलाई स्थिर र स्पष्ट बनाउनेछ।
  • नयाँ स्मार्टफोनले Galaxy AI को फाइदा तथा Real-time AI Assist जस्ता सुविधा प्रदान गर्दै अनुभवलाई सहज बनाउँछ।
  • Galaxy M17 5G मा 6.7 इन्च FHD+ Super AMOLED स्क्रिन छ, जुन Gorilla Glass Victus द्वारा सुरक्षित गरिएको छ।

काठमाडौँ- सामसङले आफ्नो लोकप्रिय Galaxy M सिरिज अन्तर्गत नयाँ स्मार्टफोन Galaxy M17 5G नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

आकर्षक डिजाइन, मजबुत टिकाउपन र अत्याधुनिक AI फिचरसहित आएको यो फोनले आफ्नो सेग्मेन्टमै पहिलोपटक Optical Image Stabilization (OIS) प्रविधि प्रस्तुत गरेको छ, जसलाई कम्पनीले “No Shake Camera” भनेर सम्बोधन गरेको छ। यस प्रविधिले फोटो तथा भिडियोहरू झन् स्थिर र स्पष्ट बनाउने भएकाले यो फोन फोटोग्राफीमा रुचि राख्ने प्रयोगकर्ताहरूका लागि आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ।

सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापित का अनुसार Galaxy M17 5G को आगमनले नेपाली प्रयोगकर्ताले अब प्रिमियम क्यामेरा टेक्नोलोजी र Galaxy AI को फाइदा सहज रूपमा लिन सक्नेछन्। उनका शब्दमा, “Galaxy M17 5G मार्फत हामी AI र उन्नत क्यामेरा टेक्नोलोजीलाई अझ व्यापक रूपमा नेपाली प्रयोगकर्तासम्म पुर्‍याउँदैछौं। ‘No Shake Camera’ सहितका फिचरहरूले दैनिक जीवनलाई अझ स्मार्ट, सहज र रमाइलो बनाउनेछन्। यो फोन ती युवाहरूका लागि डिजाइन गरिएको हो, जो निडर, सिर्जनात्मक र सधैं गतिशील रहन्छन्।”

नयाँ Galaxy M17 5G मा Galaxy AI द्वारा सञ्चालित विभिन्न उपयोगी फिचरहरू समावेश छन्, जसमा Circle to Search with Google र Real-time AI Assist जस्ता प्रविधिहरू प्रमुख छन्। यी सुविधाहरूले खोज, संवाद र मल्टिटास्किङलाई अझ सरल र सहज बनाउँछन्। साथै, यसमा प्रयोग गरिएको ६ न्यानोमिटरको Exynos 1330 प्रोसेसर ले गेमिङ, स्ट्रिमिङ र उत्पादकता सबै क्षेत्रमा छरितो तथा उर्जा-दक्ष प्रदर्शन प्रदान गर्छ।

डिस्प्ले पक्षमा यो स्मार्टफोनले 6.7 इन्चको FHD+ Super AMOLED स्क्रिन प्रदान गर्छ, जुन Corning Gorilla Glass Victus द्वारा सुरक्षित गरिएको छ। साथै, IP54 रेटिङ सहित आउने भएकाले यो फोन धूलो र पानीबाट पनि सुरक्षित रहन्छ। यी सबै सुविधाहरूले Galaxy M17 5G लाई दैनिक प्रयोग र साहसिक यात्राका लागि भरपर्दो साथि बनाउँछन्।

सामसङले यो फोन दुई भेरियन्टमा उपलब्ध गराएको छ — 4GB/128GB को मूल्य रु. 25,999 र 6GB/128GB को मूल्य रु. 27,999 राखिएको छ।

Galaxy M17 5G अहिले देशभरका Samsung Authorized Retail Stores, Samsung Plaza, र प्रमुख ई-कमर्स प्लेटफर्महरूमा बिक्रीमा उपलब्ध भएको छ। उपभोक्ताहरूले आफ्नो नजिकको सामसङ स्टोर वा अनलाइन माध्यमबाट पनि यो नयाँ स्मार्टफोन खरिद गर्न सक्छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’