राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाएन विमाबापतको १५ करोड, फेरि सेवा रोकिने डर

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाएन विमाबापतको १५ करोड, फेरि सेवा रोकिने डर
+
-
देशसञ्चार AI सारांश
  • विमा रकम नपाउँदा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याब परीक्षण, औषधि खरिद र अन्य सेवाहरु प्रभावित हुने अवस्थामा छन्।
  • स्वास्थ्य मन्त्रालयले ०८१ चैत मसान्तसम्मको विमाबापतको रकम दिइसकेको र ०८२ असोज मसान्तसम्मको रकम दिने तयारीमा छ।
  • विमा रकम समयमा नदिँदा देशभरिका अस्पतालहरुको सेवा प्रवाहमा पटक-पटक अवरोध सृजना हुने गरेको छ।

दाङ– विमाबापत पाउनुपर्ने १५ करोड भन्दा बढी रकम नपाउँदा दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विमा सेवा रोकिने अवस्थामा पुगेको छ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले २०८१ सालको पुस महिनादेखि हालसम्म सरकारले विमाबापत पाउनुपर्ने १५ करोड ६७ लाख ८७ हजार आठ सय ३७ रुपैयाँ नदिएको बताए।

जसका कारण प्रतिष्ठानमा ल्याब परीक्षण, औषधि खरिद र अन्य अत्यावश्यक सेवासमेत प्रभावित हुने अवस्थामा पुगेको प्रा. लम्साल बताउँछन्।

‘बीमाको रकम नियमित रूपमा नआएपछि सेवा प्रवाहमा जटिलताहरु देखिने गरेका छन्’, उनले भने, ‘अब औषधि सप्लायर्सहरूले पनि आपूर्ति रोकिने चेतावनी दिएका छन्, जसले समस्या अझ बढ्न सक्छ।´

सरकारले विमाबापतको रकम उपलब्ध नगराएको भन्दै यसअघि बैशाखबैशाखअघिसमेत प्रतिष्ठानले विमा सेवा रोकेको थियो। तर स्वास्थ्य मन्त्रालयको पहलपछि प्रतिष्ठानले विमा सेवालाई निरन्तरता गरेको थियो।

अहिले फेरि बक्यौता रकम बढ्दै जाँदा अस्पतालले सेवा धान्न नसकेको र रोकिने अवस्थामा पुगेको लम्सालको भनाइ छ।

के भन्छ मन्त्रालय?

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र होइन। सरकारले विमाबापतको रकम समयमै नदिँदा देशका अन्य अस्पतालहरुमा पनि समय-समयमा सेवा प्रभावमा अवरोध हुँदै आएको छ।

स्वास्थ्य विमाबापतको रकम हालसम्म संघ सरकारले मात्र बेहोर्दै आइरहेको छ। संघ सरकारले मात्र विमा सेवाको रकम बेहोर्दा कठिनाइ भइरहेको यसअघिका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बताएका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने अवस्पतालाई विमाबापतको केही रकम दिइसकिएको र बाँकी रहेको रकम दिने तयारीमा मन्त्रालय रहेको जानकारी दिए।

उनले देशका सबै अस्पतालमा ०८१ चैत मसान्तसम्मको विमाबापतको रकम उपलब्ध बनाइसकिएको देशसञ्चारलाई जानकारी दिए। यद्यपि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने ०८१ पुसदेखि स्वास्थ्य विमाबापतको रकम पाउन नसकेको बताएको छ।

मन्त्रालयका प्रवक्ता बुढाथोकीले फेरि सरकारले अस्पताललाई विमाबापतको रकम दिने तयारीमा रहेको जानकारी दिए। उनकाअनुसार ०८२ असोज मसान्तसम्मको सरकारले रकम उपलब्ध गराउने तयारी गरेको छ।

‘हामीले ०८१ चैत्रसम्मको रकम क्लियर (भुक्तानी) गरिसकेका छौँ। बाँकी त्यसयता ०८२ असोजसम्मको क्लियर गर्ने तयारी भइरहेको छ’, उनले भने ‘विमाबापतको रकमको भेरिफाइ (रुजु गर्ने)काम भइरहेको छ। एक-दुई हप्तासम्म अस्पताललाई दिइसक्छौँ।’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’