एनसेलका डेटा प्याक प्रयोगकर्तालाई मेटलाइफको बीमा सुरक्षा

एनसेलका डेटा प्याक प्रयोगकर्तालाई मेटलाइफको बीमा सुरक्षा
+
-
देशसञ्चार AI सारांश
  • एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बीमा’ योजना ल्याई, डेटा खरिदमा बीमा सुविधा उपलब्ध गराइएको छ।
  • रु. ९९ र रु. ३९ को दुई प्याकेजमा बीमा सुविधा, डेटा प्याकसँग ग्राहकले प्राप्त गर्न सक्नेछन्।
  • यो पहलले ग्रामीण र दूरदराजका समुदायका लागि बीमाको पहुँच बढाउन लक्ष्य राखेको छ।

काठमाडौँ- एनसेल र मेटलाइफ नेपालको साझेदारीमा “डाटासँगै जीवन बीमा” नामक नयाँ र अभिनव योजना सुरु गरिएको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले मोबाइल डेटा खरिद गर्दा नै जीवन बीमा तथा घातक रोग बीमाको सुविधा एकैपटक प्राप्त गर्न सक्नेछन्।

नेपालमै पहिलोपटक सुरु गरिएको यो सेवामा एनसेलका ग्राहकहरूले दुईवटा विशेष प्याकेजमध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन सक्छन्, जसमा डेटा प्रयोगसँगै बीमा सुविधा पनि उपलब्ध हुन्छ।

पहिलो प्याक रु. ९९ को रहेको छ, जसको अवधिः तीन दिन हो। यस प्याकमा १०० एमबी डेटा, रु. २,००,००० बराबरको म्यादी जीवन बीमा र रु. २,००,००० बराबरको घातक रोग बीमा समावेश छ। यो बीमा सुविधा प्याक खरिदको मितिबाट ३० दिनसम्म मान्य रहन्छ।

त्यस्तै दोस्रो प्याक रु. ३९ को रहेको छ। यसमा पनि ग्राहकले तीन दिनका लागि १०० एमबी डेटा, साथै रु. ५०,००० बराबरको म्यादी जीवन बीमा र रु. ५०,००० बराबरको घातक रोग बीमा पाउनेछन्। यो बीमा सुविधा पनि खरिदको मितिबाट ३० दिनसम्म मान्य हुनेछ।

ग्राहकहरूले यी प्याकेजहरू एनसेल एपमार्फत आफ्नो मनपर्ने प्याक छानी बीमाका लागि फाराम भरेर लिन सक्नेछन्। साथै, १२३४*६# डायल गरेर पनि यी प्याकहरू सजिलै खरिद गर्न सकिन्छ। प्याक खरिद गरेलगत्तै टर्म लाइफ इन्स्योरेन्स सुरु हुन्छ भने क्रिटिकल इलनेस बीमा ३० दिनको प्रतीक्षा अवधिपछि सक्रिय हुन्छ।

एनसेल र मेटलाइफबीचको यो सहकार्यले एनसेल प्रयोगकर्ताहरूका लागि बीमाको पहुँच अझ सहज र सुलभ बनाउने लक्ष्य राखेको छ। लामो समयदेखि यस्तो सेवाबाट वञ्चित ग्रामीण तथा दूरदराजका समुदायका लागि पनि यो योजना विशेष लाभदायक हुने विश्वास गरिएको छ।

एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने, “मेटलाइफ नेपालसँग साझेदारी गर्दै देशभरका ग्राहकहरूलाई बीमा सुरक्षा सहितको सेवा दिन पाउँदा हामी अत्यन्तै खुशी छौं। यो सहकार्यले नेपाली समुदायको तल्लो तहसम्म पुगेर ठूलो समूहलाई बीमाको पहुँच विस्तार गर्ने हाम्रो सामाजिक प्रतिबद्धता झल्काउँछ। आफ्ना ग्राहकहरूका लागि भ्यालु सिर्जना गर्नु हाम्रो कार्यको केन्द्रबिन्दु हो, जसले उनीहरूको जीवनमा मुस्कान र सकारात्मकता ल्याउँछ।”

त्यसैगरी, मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुण बहादुर बस्नेतले भने, “मेटलाइफ नेपालमा हामी विश्वास गर्छौं सुरक्षा सबैको अधिकार हो, विलासिता होइन। यो साझेदारीको उद्देश्य सानो र छोटो अवधिको डेटा खरिदबाट नै तपाईं र तपाईंको परिवारलाई दीर्घकालीन मानसिक शान्ति र सुरक्षा प्रदान गर्नु हो।”

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’