जनकपुरधाम- सिरहामा ब्राउन सुगर बेच्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका- ७ जिवा टोल बस्ने २६ वर्षीय सन्तोष साह र २५ वर्षीय दीपेन्द्रकुमार मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
बुधबार साँझ करिब साढे ६ बजेको समयमा मिर्चैया ७ जिवा टोल स्थितमा लागूऔषध ब्राउन सुगर बिक्री वितरण भइरहेको सूचनाको आधारमा दुवैजनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यलाय सिरहा र इलाका प्रहरी कार्यालय मिर्चेया सिरहाबाट खटेको संयुक्त प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ गरी दीपेन्द्रको घरमा खानतलासी गर्दा घरको फ्रिजमा लुकाई छिपाई राखिएको लागुऔषध ब्राउन सुगर प्लाष्टिक सहित २ ग्राम ६४० मिलिग्राम, डिजिटल तराजु १ थान, उनीहरुले प्रयोग गरेको मोबाईल २ थान बरामद गरेको प्रहरीले जनाएका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































