काठमाडौँ– रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत् भाषा र सीप परीक्षा पास गरेकाहरूले दक्षिण कोरिया पठाउन ढिलाई गरिएको भन्दै ललितपुरस्थित इपिएस कार्यालयमा प्रदर्शन गरेका छन्।
भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्नलाग्दासमेत दक्षिण कोरिया जान नपाइएको भन्दै परीक्षा पास गरेकाहरुले बिहीबार इपिएस कार्यालयमा प्रदर्शन गरेका हुन्।
सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तिर्ण भएका थिए। तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौतासमेत नभएको कारण दक्षिण कोरिया जान पाएका छैनन्।
कोरियामा कामदार पठाउन थप विज्ञान र परीक्षा लिनुभन्दा पहिले पास गरेका कामदारहरुलाई कोरिया पठाउनुपर्ने उनीहरुको माग छ। सन् २००८ देखि दक्षिण कोरियाले इपिएस प्रणालिमा अदक्ष नेपाली कामदार लैजान थालेको थियो।
हाल कोरियामा एक लाख हारहारीमा नेपालीहरु कार्यरत रहेका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































