चलचित्र ‘जारी २’ प्रदर्शनअघि हल सञ्चालकलाई टेस्ट रन गर्न निर्माण टिमकाे अनुराेध

चलचित्र ‘जारी २’ प्रदर्शनअघि हल सञ्चालकलाई टेस्ट रन गर्न निर्माण टिमकाे अनुराेध
+
-
देशसञ्चार AI सारांश
  • ‘जारी २: सङ अफ च्याब्रुङ’ सिनेमाको साउण्ड लेवलका बारेमा सिनेमा हलहरूलाई टेस्ट रन गर्न अनुरोध गरिएको छ।
  • सिनेमाले डल्बी, डिटिएसःएक्स र अरो म्याक्स प्रणालीमा इमर्सिभ साउण्ड अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
  • चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएकोले सवै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्।

कार्तिक २१ गते भोली शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउने बहुप्रतिक्षित सिनेमा ‘जारी २: सङ अफ च्याब्रुङ’ निर्माण टिमले सिनेमाको साउण्ड लेवलका बारेमा हल सञ्चालकलाई जानरी दिएको छ। बिहीबार एक विज्ञप्ती सार्वजनिक गर्दै हल सञ्चालकलाई सिनेमाको व्यावसायिक प्रदर्शन सुरु गर्नु पूर्व एक पटक टेस्ट रन गर्न अनुरोध गरेको हो।

सिनेमाको निर्माण टिमले सार्वजनिक विज्ञप्तीमा भनिएको छ, ‘हामीले सिनेमा ‘जारी २’को साउण्ड मिक्सिङ इमर्सिभ साउण्ड फर्म्याटमा सम्पन्न गरेका छौं, जसका कारण दर्शकहरूले यो सिनेमालाई डल्बी एटमस, डिटिएसःएक्स र अरो म्याक्स प्रणालीमा साउण्ड अनुभवका साथ हेर्न सक्नेछन्।’

यो सिनेमाको मिक्सिङ कार्य डल्बीको फेडर युनिट ५/८ मा गरिएको हो। देशभर सञ्चालनमा रहेका प्रत्येक सिनेमा हलमा साउण्ड प्रेसर लेभल (एसपीएल) फरक-फरक हुने भएकाले यो सिनेमाको व्यावसायिक प्रदर्शन सुरु गर्नु अघि एकपटक टेस्ट रन गर्न सवै सिनेमा घरलाई अनुरोध गरेका छन्।

हामीले अघिल्ला सिनेमा प्रदर्शनका क्रममा पाएका अनुभवमा हलहरूमा सिनेमा प्रोसेसर युनिट ३, ३/५, ४ वा ४/५ फरक-फरक अडियो लेबलमा प्रदर्शन हुन्छ, जसले एउटै सिनेमाको साउण्ड फरक-फरक सुनिने अवस्था सिर्जना गर्छ। यसले सिनेमा हलको प्रणाली मापदण्ड अनुसार क्यालिब्रेट भएको छ कि छैन भन्ने यकिन गर्न कठिन बनाउँछ जसले गर्दा सिनेमाको साउण्ड अप्राकृतिक रूपमा लाउड अथवा सानो सुनिन सक्छ।

डल्बी मापदण्डअनुसार सिनेमाको मिक्सिङ फेडर युनिट ७ मा गरिएमा सिनेमाघरमा पनि प्रदर्शन पनि त्यही फेडर युनिट ७ मा हुनुपर्छ। तर, कतिपय हलहरूले (साउण्ड बढी हुन्छ) भनेर भोल्युम घटाउने प्रचलनका कारण सिनेमाहरूमा लाउड मिक्सिङ गरिन्छ जसको परिणाम साउण्ड डिस्टोर्सन र क्वालिटी हानि हुन्छ छ। यो अभ्यास गलत हो।

यी सवै कुरालाई ध्यानमा राख्दै हामीले सिनेमा ‘जारी २’लाई डल्बी फेडर युनिट ५/८ मा मिक्सिङ गरेका छौं। त्यसैले सवै सिनेमा हलहरूलाई अनुरोध छ, ‘सिनेमा प्रदर्शन अघि न्यूनतम भोल्युम युनिट ५ बाट टेस्ट रन गर्नुहोस् र साउण्ड स्तर कम-बढी लागेमा त्यहि अनुसार साउण्ड लेबल सेट गरिदिनु हुन विनम्र अनुरोध गर्दछौँ।’

यदि हाम्रो सिनेमालाई ३, ३/५ वा ४ युनिटमा चलाइएमा साउण्ड सानो सुनिन सक्छ, त्यसैले मापदण्ड अनुसारको भोल्युम स्तर कायम गरिदिनु हुन अनुरोध गर्दछौं। सिनेमा ‘जारी २’लाई दर्शकले राम्रो साउण्ड अनुभवका साथ सुन्न सकून् भन्ने हाम्रो उद्देश्य हो। त्यसैले सवै सिनेमा हलहरूलाई प्राविधिक सहयोग र समन्वयका लागि हार्दिक अनुरोध गर्दछौं। यसका साथै भविष्यमा बासुरी फिल्मस्को सिनेमालाई हामी फेडर युनिट ७ मा मिक्सिंग गर्दै दर्शकलाई उत्कृष्ट अनुभव दिने कोशिस गर्नेछौं।

यस्तै, आजै सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ सेन्सर पास भएको छ। यो सिनेमाले चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट पाएको छ। यो सर्टिफिकेट पाएसँगै सवै उमेर समुहका दर्शकले सहजै सिनेमा हेर्न पाउनेछन्। सेन्सरमा ‘जारी २’ हेरेका पदाधिकारीले लिम्बु समुदायको कथामा निर्माण भएको यो सिनेमालाई उत्कृष्ट प्रतिक्रिया दिएका छन्।

उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्। सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ। सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’