मोरङ – मोरङ प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बीआर ५० एडी ०२२७ नम्बरको भारतीय स्कुटरसहित १९ वर्षीय भारतीय नागरिक कृष्णकुमार मेहता र सुनसरीको देवानगञ्ज गाउँपालिकाका विकासकुमार यादवलाई पक्राउ गरिएको हो।
उनीहरुको साथबाट ५३ दशमलव १७ मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको टोलीले शंका लागेर विराटनगरको पुलचोक नजिक स्कुटरमा बसिरहेको अवस्थामा उनीमाथि चेकजाँच गर्दा सो लागु औषध बरामद भएको मोरङ प्रहरीकी प्रवक्ता प्रहरी नायब उपरिक्षक कोपिला चुँडालले जानकारी दिइन्।

भर्खरै
लोकप्रिय






































































































































































































