क्षेत्रपाल आविको दुई कोठे भवनमा आगलागी

क्षेत्रपाल आविको दुई कोठे भवनमा आगलागी
+
-

हुम्ला – अदानचुली गाउँपालिका– ३ क्षेत्रपाल आधारभूत विद्यालय भवन आगलागी भएर पूर्ण रूपमा जलेर नष्ट भएको छ। बुधबार राति साढे नौ बजे भवनको माथिल्लो तलाबाट आगलागी सुरु भई भवन नष्ट भएको हो।

दुई तले विद्यालय भवन आगलागीबाट जलेर नष्ट भएको प्रहरी नायब उपरिक्षक शंकर पोखरेलले बताए। आगलागीबाट भवन जलेर नष्ट हुनुका साथै दुई थान कम्प्युटर डेक्सटप, ल्यापटप, प्रिन्टर, खेल तथा साँस्कृतिक कार्यक्रमका सामग्री, डेक्सबेन्च, टेवल वेञ्च लगायत ३९ प्रकारका सामान नष्ट भएको प्रारम्भिक क्षति बिबरण प्रहरीले दिएको छ।

राति लागेको आगो प्रहरी, सर्वसाधारण, जनप्रतिनिधि मिलेर नियन्त्रणमा लिएका थिए। विद्यालय भवनमा भएको आगलागीको सत्यतथ्य अनुसन्धान प्रहरीले गरिरहेको र प्रहरी मुचुल्का तयार पारिरहेको छ। आगलागीबाट क्षतिको विवरण प्रहरी मुचुल्का तयार भएपछि यकिन विवरण आउनेछ। आगलागी विद्युत् सर्ट भएर वा कुनै अज्ञात समूहले लगाएको हुन सक्ने आशंका प्रहरीले गरेको छ। भवन अगलागी भएपछि उक्त विद्यालयमा पठनपाठनसमेत प्रभावित हुनेछ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’