- भारतले लगातार दोस्रो टी–२० खेल जितेर पाँच खेलको सिरिजमा २–१ को अग्रता लियो।
- टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा १६८ रन बनाउँदा, अस्ट्रेलिया ११९ रनमा अलआउट भयो।
- भारतका वासिंङटन सुन्दरले ३ तथा अक्षर पटेल र शिवंम दुवेले २–२ विकेट लिए।
काठमाडाैँ – भारत र अस्ट्रेलिया बिचको पाँच खेलको टी–२० सिरिजमा भारतले लगातार दोस्रो खेलमा जित हासिल गर्दै सिरिजमा २–१ को अग्रता बनाएको छ। बिहीबार गोल्ड कोस्टमा भएको खेलमा भारतले अस्ट्रेलियालाई ४८ रनले पराजित गर्याे। अब यी दुईबीचको अन्तिम टी–२० शनिबार ब्रिसबनमा हुनेछ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। जवाफमा अस्ट्रेलिया १८.२ ओभरमा अलआउट हुँदै १ सय १९ रनमा समेटियो।
अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्सले ३० रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक म्याथ्यु सर्टले २५ रन बनाए। यि दुई ओपनर बाहेक पछिल्लो क्रम भने लगातार विकेट पतनको सिकार भयो। थप दोहोरो स्कोरका रुपमा जोस इंग्लिसले १२ रन बनाउँदा टिम डेभिडले १४ तथा जोस फिलिपले १० रन बनाए।
त्यस्तै मार्कुस स्टोइनिसले १७ रन बनाउँदा पछिल्लो क्रमले भने दोहोरो स्कोरमा रन बनाउन सकेन्। भारतका लागि वासिंङटन सुन्दरले ३ विकेट लिंदा अक्षर पटेल र शिवंम दुवेले २–२ विकेट लिए। त्यस्ते अर्सदीप सिंह, जसप्रित बुमराह र वरुण चक्रवर्तीले समान १–१ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो। उसका लागि शुभमन गिलले ४६ रनको इनिङ खेल्दा अभिषेक शर्माले २८ रन बनाएका थिए।
त्यस्तै शिवंम दुवेले २२ रन तथा वासिंगटन सुन्दरले १२ रन बनाएका थिए। त्यस्तै अक्षर पटेल २१ रनमा नटआउट रहे। अस्ट्रेलियाका लागि एडम जाम्पा र नाथन एलिसले ३–३ विकेट लिंदा जाभियर बार्टलेट र मार्कुस स्टोइनिसले १–१ विकेट लिएका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































