- सर्वोच्च अदालतले मंसिर १ गतेदेखि सबै सेवालाई नियमित रूपमा सुचारु गर्ने निर्णय गरेको छ।
- फुलकोको बैठकले अब सुरु मुद्दा, पुनरावेदनपत्र, र पुनरावलोकन निवेदन नियमित रूपमा दर्ता र सुनुवाइ गर्नेछ।
- आगजनीका कारण २३ वटा अदालतमा अर्बौंको क्षति भएपछि सर्वोच्चले मंसिर १ देखि ३० दिन हदम्याद थाम्न दिने निर्णय गर्यो।
काठमाडौँ – सर्वोच्च अदालतले मंसिर १ गतेदेखि आफ्नो सेवालाई नियमित गर्ने भएको छ।
जेनजी आन्दोलनका नाममा भदौ २४ गतेको आगजनी तथा तोडफोडका कारण आंशिक सेवा दिँदै आएको सर्वोच्चले मंसिरदेखि भने सबै सेवालाई नियमित अवस्थामा फर्काउने भएको हो।
बिहीबार बसेको फुलकोको बैठकले हालसम्म रिट निवेदन र केही अत्यावश्यक दफाहरूका निवेदन मात्र दर्ता र सुनुवाइ हुँदै आएकोमा अब सुरु मुद्दा, पुनरावेदनपत्र, दोहोर्याई पाउँको निवेदन तथा पुनरावलोकनको निवेदनसहितका सबै सेवा प्रकारका मुद्दा तथा निवेदनहरूको नियमित रूपमा दर्ता एवं सुनुवाइ गर्ने भएको हो।
सर्वोच्चले आन्दोलन भएको दिन भदौ २४ गतेदेखि कार्तिक ३० गतेसम्मको अवधिलाई शून्य अविधका रुपमा गणना गर्ने भएको छ।
सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार यो अवधिलाई हदम्याद, म्याद र तारेखको रूपमा गणना गरिने छैन। सर्वोच्चले मङ्सिर १ गतेदेखि ३० दिनसम्म हदम्याद, म्याद र तारेख थाम्न सकिने सुविधा दिने निर्णय गरेको छ।
जेनजी आन्दोलनका कारण देशभरका २३ वटा अदालतमा आगजनी भएको थियो। जसका कारण ती अदालतमा अझै काम नियमित अवस्थामा फर्किन सकेको छैन। आगजनीका कारण अर्बौ रुपैयाँको क्षति भएको छ।

भर्खरै
लोकप्रिय






































































































































































































