काठमाडौँ – चलचित्र ‘जारी २ः सङ अफ च्याब्रुङ’को प्रिमियर सम्पन्न भएको छ।
काठमाडौँको बिग मुभिजमा बिहीबार साँझ चलचित्रको प्रिमियर सम्पन्न भएको हो।
उपेन्द्र सुब्बाद्वारा निर्देशित जारी–२ को प्रिमियरमा निर्माण टोली, चलचित्रकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो।
चलचित्रमा दयाहाङ राई , मिरुना मगर, विजय बराललगायतका कलाकारको मुख्य भूमिका छ। जारी २ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै छ।
‘जारी २ः सङ अफ च्याब्रुङ’ २०८० सालमा रिलिज भएको चलचित्र ‘जारी’को सिक्वेल हो।


भर्खरै
लोकप्रिय






































































































































































































