ट्रयाक्टर र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु

ट्रयाक्टर र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु
+
-

जनकपुरधाम- सर्लाहीमा ट्रयाक्टर र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहीबार साँझ करिब सावा ६ बजेको समयमा काबिलासी नगरपालिका ६ मदनपुर बजारबाट पाँच सय मिटर पूर्व भित्री सडकखण्डमा सल्लेमपुरबाट बरहथवातर्फ जाँदै गरेको आलु प्याज लोड गरेको ज १ त ६२०३ नम्बरको ट्रयाक्टर र सोही दिशातर्फ जाँदै गरेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल ट्रयाक्टरसँग ठक्कर खाँदा दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका ५ महोनपुर बस्ने ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहारको मृत्यु भएको छ । टाउकोमा चोट लागेका उनलाई राति करिब ८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यस्तै,  मोटरसाइकलको पछाडि सवार बरहथवा नगरपालिका ७ बस्ने १९ वर्षीय राजु ठाकुर लोहार घाइते भएका छन् ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’