- बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका १४ वर्षीय आशिक यादवको शव दुई दिनपछि फेला परेको छ।
- आशिक बुधबार बिहान नुहाउन जाँदा हराएका थिए र शुक्रबार बिहान रौतहटमा भेटिए।
- खोजी कार्यमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र गोताखोर टोली संलग्न भए पनि सफलता बिहीबारको प्रयासमा आएन।
जनकपुरधाम- सर्लाहीमा कार्तिक पूर्णिमाको अवसरमा बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका एक बालक दुई दिनपछि मृत फेला परेका छन् ।
रामनगर गाउँपालिका- १ खैर्वा बस्ने मनोज यादवको १४ वर्षीय छोरा आशिक यादव बेपत्ता भएकोमा शुक्रबार बिहान उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बुधबार बिहान करिब साढे ६ बजे बागमती खोलामा नुहाउन गएकोमा घर फर्केर नआएको तथा कुनै आफन्तको समपर्कमा समेत नआएपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी चौकी खैर्वा बहुअर्वा, इलाका प्रहरी कार्यालय गडहिया, र बिओपी छटौनाबाट खटेको प्रहरी टोलीले खोजतलास गर्दा बालक फेला परेका थिए । त्यसको भोली पल्ट बिहीबार बिहान नेपाल प्रहरी र शसस्त्र प्रहरी गरी ९ जनाको टोलीले खोजतलास गरिरहेकोमा दिउँसो करिब सावा २ बजे २ नम्बर बाहिनी बर्दिवास महोत्तरीबाट खटेको गोताखोर टोलीले खोज्दासमेत बालक फेला नपरेपछि उनीहरु फिर्ता भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईले शुक्रबार बिहान करिब ८ बजे रौतहटको दुर्गा भगवती गाउँपालिका २ स्थित बागमती नदीको किनारमा बालकको शव फेला परेको बताए ।

भर्खरै
लोकप्रिय






































































































































































































