निजी सम्पत्तिमाथि आक्रमण आतंकवादको सुरुवात: प्रहरी प्रमुख खापुङ

निजी सम्पत्तिमाथि आक्रमण आतंकवादको सुरुवात: प्रहरी प्रमुख खापुङ
+
-
देशसञ्चार AI सारांश
  • प्रहरी महानिरीक्षक खापुङले राजनीतिक आन्दोलनका क्रममा भएको सम्पत्तिको आक्रमणले नेपालमा आतंकवादलाई प्रश्रय दिने बताएका छन्।
  • उनले सोसल मिडियाबाट बिध्वंशको प्रवृत्ति बढ्दा देश ठूलो दुर्घटनातर्फ जाने चेतावनी दिए।
  • खापुङले संसद भवन जस्ता सरकारी संरचना बचाउन विशेष फोर्सलाई गोली चलाउने अधिकार अवश्यक रहेको बताए।

काठमाडौं-  प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले राजनीतिक आन्दोलनका क्रममा व्यक्तिगत सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट हुने घटनाले नेपालमा आतंकवादलाई प्रश्रय दिने बताएका छन्। निहत्था प्रहरीलाई कुटेर, घिसारेर, घोचेर मार्दा पनि उल्टै प्रहरीमाथि नै प्रश्न उठाउने प्रवृतिले समाज सुरक्षित नहुने खापुङले बताए। उनले कानुनबमोजिम कारबाही गर्दा प्रहरीलाई छानबिनको दायरामा ल्याइएको भन्दै आपत्ति जनाएका छन्।

इमेज टेलिभिजनमा दिएको एक अन्तर्वार्ताका क्रममा आईजीपी खापुङले सोसल मिडियाबाट बिध्वंशको बारुद भर्ने प्रवृत्तिले देश ठूलो दुर्घटनातर्फ जाने चेतावनी समेत दिएका छन्। उनले भदौ २३ र २४ को घटनामा प्रहरीलाई दोहोरो मारमा पार्न खोजिएको बताए। खापुङले प्रदर्शनहरूमा, राजनीतिक आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पत्तिमा प्रहार हुनु भनेको आतंकवादको नमूना रहेको उल्लेख गरे।
‘निजी सम्पत्तिहरूमा गरिने आक्रमण आतंकवादको अभ्यास हो कि भन्ने महसुस हुन्छ। जब तपाईँको घर सरक्षित छैन, मेरो घर सुरक्षित छैन भने आतंकवादको सुरूआत हो । यो क्रम रेगुलर रहने हो भने के होला ?’ उनले अन्तर्वार्ताका क्रममा भने।

खापुङले भदौ २३ गते गोली चलाउने परिस्थितिमा पनि प्रहरीलाई नै दोषी देख्ने र भोलिपल्ट गोली नचलाउँदा पनि प्रहरीमाथि नै प्रश्न उठाइएकोमा उल्टै प्रश्न गरेका छन्।

खापुङले संसद भवन, सिंहदरबारजस्ता ‘भाइटल सरकारी संरचना’ जोगाउन विशेष फोर्स रहने र उनीहरूलाई गोली चलाउने अधिकार रहेको भन्दै त्यस आधारमा कारबाही गर्ने हो भने प्रहरी संरचना नै राज्यले नराखे हुने पनि बताए।  भदौ २३ मा पनि न्यून बल प्रयोग गर्न तत्कालीन सरकारले निर्देशन दिएको र २ हजार गोली चल्दा पनि न्यूनतम मानवीय क्षति भएको आईजीपीले अन्तर्वार्ताका क्रममा बताए। संसद भवन फोडेर भित्र छिर्दै आगजनी गर्न थालेपछि बाध्य भएर गोली चलाउनुपरेको भन्दै खापुङले केही नगर्दा पनि हतियार प्रयोग नगरेबापत छानबिन हुने र केही गर्दा पनि छानबिन हुने कुराले नीतिगत स्पष्टताको आवश्यकता रहेको बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’