मधेस प्रदेशसभा सदस्यहरुको स्वकीय सचिवको भदौपछि तलब रोकियो

मधेस प्रदेशसभा सदस्यहरुको स्वकीय सचिवको भदौपछि तलब रोकियो
+
-
देशसञ्चार AI सारांश
  • संघ सरकारको परिपत्रपछि मधेस प्रदेशसभा सदस्यहरुको स्वकीय सचिवको तलब रोकिएको छ, तर हालसम्म मन्त्रिपरिषद् विस्तार भएको छैन।
  • प्रदेश सरकारको मन्त्रिपरिषद्ले भविष्यमा स्वकीय सचिव राख्ने वा नराख्ने भन्ने विषयमा निर्णय लिनेछ।
  • ऐनअनुसार प्रदेशसभाका पदाधिकारीलाई विभिन्न सुविधा प्रदान गरिएको भएपनि अर्थमन्त्रालयले केहीको सुविधा खारेज गरेको छ।

जनकपुरधाम- मधेस प्रदेशसभाका सदस्यहरुको स्वकीय सचिवको तलब रोकिएको छ । संघ सरकारका अर्थमन्त्रालयले खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा गत असोज ७ गते परिपत्र गरेपछि स्वकीय सचिवको तलब रोकिएको हो ।

मधेस प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाले प्रदेशसभाका सदस्यहरुले ऐन अनुसार स्वकीय सचिव पाउँदै आएकोमा अर्थको परिपत्रपछि प्रदेशसभाका सदस्यहरुको स्वकीय सचिवको भदौसम्मको तलब दिएपछि हाललाई रोकिएको बताए ।

सचिव कोइरालाले प्रदेश सरकारपनि आफैमा स्वायत सरकार भएकाले प्रदेश सरकारको मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार आगामी दिनमा प्रदेशसभा सदस्यहरुको स्वकीय सचिव राख्ने वा नराख्ने विषयमा टुंगो लाग्ने बताए ।

जेनजी आन्दोलनपछि तत्कालिन मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएपछि मधेस प्रदेशमा नयाँ मुख्यमन्त्रीमा जितेन्द्र प्रसाद सोनार (सोनल) नियुक्त भएपनि हालसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मधेस सरकारको मन्त्रिपरिषद्मा अहिले मुख्यमन्त्री र दुई जना विनाविभागीय मन्त्री रहेका छन् । शनिबार विश्वासको मत लिइसकेपछि मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धन दलबीच सहमति भएको हो ।

मन्त्रिपरिषद्को बैठकले गर्ने निर्णय अनुसार आफूहरु अगाडि बढ्ने सचिव कोइरालाले बताए । ‘अर्थमन्त्रालयले कुनै कार्यालय वा निकायलाई नभई सरकारलाई भनेको छ । प्रदेश सरकार आफैमा स्वायत सरकार हो । त्यसैले मन्त्रिपरिषद्बाट के निर्णय हुन्छ, त्यसअनुसार नै हामी अगाडि बढ्छौँ’, उनले भने ।

मधेस प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी बनाएको ऐन अनुसार सभामुखको सचिवालयका लागि विभिन्न तहका १० जना, विपक्षी दलको नेता, उपसभामुख, सत्तापक्षको मुख्य सचेतकलाई ५ जना, दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक र सत्तापक्षको मुख्य सचेतक, समितिका सभापतिका लागि ४ जना, दलका प्रमुख सचेतकका लागि ३ जना, दलका सचेतकका लागि २ जना र सदस्यका लागि १ जनाको सुविधा गरेको छ ।

यस्तै, उपसभामुखले माली र स्वीपर १/१ जना थप राख्न पाउने ऐनमै व्यवस्था छ । तर अर्थमन्त्रालयले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री बाहेक सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने भनेर परिपत्र गरेको थियो ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’