चुनावका लागि ६० प्रतिशत तयारी पूरा: आयुक्त भण्डारी

चुनावका लागि ६० प्रतिशत तयारी पूरा: आयुक्त भण्डारी
+
-

काठमाडौँ – कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा आमनिर्वाचन हुने दाबी गरेका छन्।

उनले राष्ट्रियसभाको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा आगामी फागुन २१ गते चुनावका लागि ६० प्रतिशत तयारी पूरा भएको जिकिर पनि गरे।

उनले चुनाव हुनेमा शंका नगर्न पनि आमसमुदाय र राजनीतिक दलहरूसँग आग्रह गरेका छन्।

उनले समिति बैठकमा भने, ‘चुनावका लागि ६० प्रतिशत तयारी पूरा भएको छ। चुनाव हुन्छ, शङ्का गर्नु हुँदैन। चुनावको विकल्प छैन।’

निर्वाचनको मिति घोषणा भएदेखि नै आयोग निर्वाचनको प्रक्रियामा सहभागी रहेको र दत्तचित्त भएर लागिरहेको उनले बताए। उनले शान्ति सुरक्षाको कुरामा आयोगले कुनै पनि चिन्ता लिनु पर्दैन भनेर सरकारले प्रतिबद्धता जनाएको उल्लेख गरे।

समितिमा शुक्रबार आगामी निर्वाचन र यसको तयारीबारे छलफल भएको हो।

सरकारले तोकेको चुनावको मिति नजिकिँदै गए पनि दल र सर्वसाधारण समुदाय सरकारले अझै चुनावका लागि वातावरण बनाउन नसकेको भन्दै आलोचना गरिरहेका छन्। यद्यपि राजनीतिक दलहरू आफ्नै हिसाबले चुनावको तयारी भने गरिरहेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’