अन्तर्राष्ट्रिय कृत्रिम हात खुट्टा एवं सहायक सामग्री दिवस मनाइयो

अन्तर्राष्ट्रिय कृत्रिम हात खुट्टा एवं सहायक सामग्री दिवस मनाइयो
+
-

काभ्रे – बनेपास्थित मेरुदण्डीय चोट पुनःस्थापन केन्द्रमा ‘मेरुदण्डीय स्वास्थ सुदृढीकरण र अर्थोटिक प्रबन्ध र पुनःस्थापन’ विषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय कृत्रिम हात खुट्टा एवं सहायक सामग्री दिवसको अवसरमा कृत्रिम हातखुट्टा तथा सहायक सामाग्री व्यवसायी संघको आयोजनामा बिहीबार गोष्ठी सम्पन्न भएको हो।

गोष्ठीमा हाड जोर्नी तथा स्नायु चिकित्सक डा. रामकृष्ण बाराकोटी, मेरुदण्डीय चोट पुनःस्थापन केन्द्रका निर्देशक डा राजु ढकालका साथै प्रतिरुप तथा सहायक कृत्रिम उपकरण विशेषज्ञ जेविन्द्र सिंह, प्रमोद खड्का, पुष्प रत्न बज्राचार्य, भौतिक चिकित्सा चिकित्सक पुनम खड्का तथा सिर्जना श्रेष्ठले विषयगत प्रस्तुतीकरण गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको कुष्ठरोग तथा अपांगता व्यवस्थापन शाखाका प्रमुख डाक्टर रविन्द्र बास्कोटाको प्रमुख आतिथ्य तथा कृतिम हातखुट्टा तथा सहायक सामाग्री व्यवसायी संघका अध्यक्ष प्रह्लादप्रसाद पराजुलीको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

सोही अवसरमा डाक्टर बास्कोटाले कृत्रिम हातखुट्टा तथा सहायक सामाग्री क्षेत्रको विविध विषयमा प्रकाश पार्दै शाखाले यस क्षेत्रमा हरसम्भव सहयोग गर्ने वचनबद्धता प्रकट गरे।

यसैगरी कार्यक्रममा कुष्ठरोग तथा अपांगता व्यवस्थापन शाखाका पूर्वप्रमुख डाक्टर प्रशन्न नापितले यस क्षेत्रको स्तरोन्नतिका लागि सुझाव प्रस्तुत गरेका थिए।

कार्यक्रमको समापन गर्दै अध्यक्ष पराजुलीले आगामी दिनमा नेपालमा कृत्रिम हातखुट्टा बनाउने जनशक्ति नहुने हो कि? भन्ने चिन्ता व्यक्त गरे। देशमा यस विषयको अध्ययन अध्यापन गर्ने कुनै शैक्षिक संस्था नभएकोतर्फ उनले सरोकारवालालाई ध्यानाकर्षण गराएका थिए।

कृत्रिम अङ्ग तथा सहायक उपकरणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था International Society of Prosthetics and Orthotics (ISPO) को आह्वानमा विश्वभर नोभेम्बर ५ का दिन दिवस मनाउने प्रचलन छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’