- एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यशैलीमाथि प्रश्न उठाउने नेताहरुलाई पार्टी छाडेर जान चेतावनी दिएका छन्।
- जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु भएपछि आलोचना गरेका नेताहरुलाई उनले अनुशासनहीन उपद्रवी भन्दै महाधिवेशनको मिति सरेको बताएका हुन्।
- ओलीले आफूलाई निष्कासन गर्नेहरुलाई पार्टीमा लिएर अध्यक्ष बनाएको भन्दै नेताहरुको आलोचना र आन्दोलनको प्रतिक्रिया दिए।
काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि प्रश्न गर्ने नेताहरुलाई छाडेर जान भनेका छन्।
शुक्रबार विद्धत वर्गसँगको अन्तर संवाद कार्यक्रममा ओलीले जेनजी आन्दोलनपछि आफ्नो कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टी रुपान्तरणको माग गर्नेहरुलाई ‘धेरै र्याइर्याइ’ नगर्न चेतावनी दिएका हुन्। ओलीले आफूले छाति फराकिलो पार्दा त्यसलाई गलत रुपमा लिइएको उल्लेख गरे।
ओली प्रधानमन्त्री रहेकै बेला भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको मृत्यु र राज्यका मुख्य निकाय ध्वस्त पारिएको थियो। जेनजी आन्दोलनले परिवर्तन खोजेको भन्दै नेताहरु ईश्वर पोखरेल, योगेश भट्टराई, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टहरुले ओलीको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन्।
उनीहरुले अब ओलीले पार्टीको नेतृत्व गर्न नहुने र उनलाई पदमा राखेर चुनावमा जाँदा क्षति व्यहोर्नुपर्ने बताइ रहेका छन्। तीनै आफूमाथि प्रश्न गर्ने नेताहरुलाई ओलीले शुक्रबार जवाफ दिँदै पार्टी नै छाडेर जान चेतावनी दिएका हुन्।
नेताहरुले नै पार्टीमा पुनर्गठन चाहियो भनेर अनुशासनहीन ढंगले उपद्रव मच्चाएकाले आफूले एक वर्षअघि नै महाधिवेशन गर्न लागेको दाबी गरे। एमालेले मंसिर अन्तिम साता काठमाडौँमा ११औँ महाधिवेशन गर्ने भएको छ।
पछिल्लो समय एमाले नेताहरु अध्यक्ष ओलीको कार्यशैलीबारे सार्वजनिक रुपमै खुलेर बोलिरहेका छन्।
त्यसप्रति लक्षित गर्दै ओलीले भने, ‘काम नगर्नेहरू गए हुन्छ, काम गर्ने बसे हुन्छ। को काम गर्यो छ छैन, कार्यकर्ताले देखेको छ। को अड्या छ छैन, को लड्या छ छैन, को काम गर्या छ छैन, कार्यकर्ताले देखेको छ। कार्यकर्ताले फैसला गर्छ। यो ऱ्याइ ऱ्याइ दिनरातको मिडियामा गएर केईँ केईँ गर्या छ, उता गएर ऱ्याइ ऱ्याइ गर्या छ। उता युट्युबमा गएर ऱ्याइ ऱ्याइ गर्या छ। टेलिभिजनमा गएर ऱ्याइ ऱ्याइ गर्या छ। एउटा पत्रिका भन्या छ ऱ्याइ ऱ्याइ गर्या छ। यो ऱ्याइ ऱ्याइ यो साँझतिर झ्याउकिरीले झ्याउ झ्याउ गर्छ, त्योभन्दा बढी त ऱ्याइ ऱ्याइ गरेर यतिबेला गर्नुपर्ने पुनर्स्थापनाका लागि प्रतिक्रियावादका विरुद्ध लड्नु पर्ने। केपी ओली राजीनामा दे, केपी ओली राजीनामा दे, केपी ओली राजीनामा दे, यो आज मात्रै भन्या हो र?’
अध्यक्ष ओलीले आफूलाई पार्टीबाटै निष्कासन गर्नेहरुलाई स्थान दिए पनि अहिले आफ्नै टाउकोमा हिर्काउन थालेको टिप्पणी गरे।
‘७७ सालमा मलाई पार्टीबाट निष्कासन गर्ने साथीहरू, निष्कासन नै ग¥या हो नि त, ती साथीहरूलाई ल्याएर मैले उपाध्यक्ष राखेर पार्टी अगाडि बढाएको। उपाध्यक्ष बनाएपछि के भयो भन्दाखेरि उनीहरूले कराते सराते सिक्ने भनेको अन्त होइन, मेरा टाउकामा हानेर, ओलीले अगाडि भने, ‘कराते सिक्ने केपी ओलीको टाउकामा हानेर। अभ्यासै त्यही भो त। जसले निकाल्यो, उनीहरूलाई ल्याएर उपाध्यक्ष, सचिव बनाएँ मैले। मैले बनाएको। नत्रभने कहाँबाट आउँथे?’
यस्तो ओलीले दिएको मनतव्यको अंशः

भर्खरै
लोकप्रिय






































































































































































































