आइएसएल नजिते क्लब फुटबलबाट पनि सन्न्यास लिने भारतीय फुटबलर क्षेत्रीको घोषणा

आइएसएल नजिते क्लब फुटबलबाट पनि सन्न्यास लिने भारतीय फुटबलर क्षेत्रीको घोषणा
+
-
देशसञ्चार AI सारांश
  • 41 वर्षीय स्ट्राइकर सुनिल क्षेत्रीले यस सिजनको इन्डियन सुपर लिग नसकेमा फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।
  • बेंगलुरु एफसीले आइएसएल जिते, क्षेत्रीले एसियाली प्रतियोगिताका लागि छनोट हुँदा अर्को सिजन खेल्न सक्ने छन्।
  • क्षेत्रीले राष्ट्रिय टोलीबाट यसअघि नै बिदा लिएका छन् र अब क्लब फुटबलमा ध्यान केन्द्रित गरेका छन्।

काठमाडाैँ – भारतीय फुटबलका सर्वकालीन महान खेलाडी तथा ‘क्याप्टेन लिडर’ को रुपमा परिचिति स्ट्राइकर सुनिल क्षेत्रीले आफ्नो व्यावसायिक फुटबल करियर अन्त्य गर्ने तयारी गरेका छन्।

उनले आफ्नो क्लब बेंगलुरु एफसी ले यो सिजनको इन्डियन सुपर लिग (आइएसएल) जित्न असफल भएमा ब्यवसायिक फुटबल जीवनबाट विश्राम लिने घोषणा गरेका हुन्।

४१ वर्षीय दिग्गज स्ट्राइकरको एउटै अन्तिम लक्ष्य फेरि एकपटक महादेशीय क्लब प्रतियोगितामा बेंगलुरुको जर्सी लगाउनु भएको भन्दै क्लबले आइएसएल नजितेमा आफ्नो यो सिजन अन्तिम हुने बताए। ‘टाइम्स अफ इन्डिया’ सँग भिडियो कलमार्फत अन्तर्वार्ता दिँदै क्षेत्रीले आफ्नो भविष्यको योजनाबारे जानकारी गराएका हुन्। उनको सन्न्यासको निर्णय यो सिजनको आइएसएलको नतिजामा निर्भर रहने पक्का भएको छ।

उनले भने ‘यदि हामीले आइएसएल जित्यौं भने, यसले मलाई फेरि राष्ट्रिय (विजेता) क्लबको जर्सी लगाउने र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्ने मौका दिने छ।’ उनले उमेरको यथार्थलाई पनि स्वीकार गर्दै थपे, ‘४२ वर्षको उमेरमा (खेल्न) सहज छैन।’

उनका अनुसार बेंगलुरुले आइएसएल जितेमा एसियाली प्रतियोगिताका लागि छनोट भयो भने, क्षेत्रीले कम्तिमा अर्को एक सिजन खेल्नेछन्। तर यदि क्लब असफल रहेमा, सन् २०२६ को मध्य नै उनको २ दशकभन्दा लामो गौरवपूर्ण फुटबल करिअरको अन्त हुने समयका रुपमा रहने छ।

राष्ट्रिय टोलीमा ‘पूर्णविराम’

क्षेत्रीले आफ्नो अन्तर्राष्ट्रिय करियर भने यसअघि नै टुङ्ग्याइसकेका छन्। उनले गत वर्ष (२०२४) को जुनमा कोलकाताको साल्ट लेक स्टेडियममा एक भावपूर्ण बिदाइ खेल खेल्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए।

यद्यपि, समाचारमा उल्लेख भएअनुसार, यसै वर्षको जुनमा (२०२५) तत्कालीन प्रशिक्षक मानोलो मार्केजले उनलाई सन्यास फिर्ता लिन मनाएका थिए। तर, भारत एसियन कप २०२७ को अन्तिम चरणको छनोटबाट बाहिरिएपछि, क्षेत्रीले आफ्नो राष्ट्रिय टोलीको यात्रामा ‘पूर्णविराम’ लगाएका छन्।

उनले राष्ट्रिय टोलीका (वर्तमान) प्रशिक्षक खालिद जमिललाई आफ्नो निर्णयबारे बताउन सहज भएकोसमेत उल्लेख गरे। ‘जब म राष्ट्रिय टोलीमा सामेल भएँ, मेरो दिमागमा एउटै विचार थियो। म त्यहाँ क्वालिफायरका लागि सकेसम्म सहयोगी हुन जाँदै छु।’ राष्ट्रिय टोलीमा आफ्नो छोटो पुनरागमनबारे क्षेत्रीले भने।

अन्तर्राष्ट्रिय फुटबलबाट निश्चित भइसकेका क्षेत्रीको अबको सम्पूर्ण ध्यान क्लब फुटबलमा केन्द्रित छ। बेंगलुरु एफसीका लागि यो आइएसल सिजन उपाधिका लागि मात्र नभई, आफ्नो सबैभन्दा ठूलो ‘लेजेंडु लाई मैदानमा टिकाइराख्ने अन्तिम मौकाका रुपमा समेत रहने छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’