- नेकपाका नेताहरूले देशको गम्भीर राजनीतिक संकट चिर्न प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूलाई एकता गर्न आह्वान गरेका छन्।
- विप्लव, भुसाल र शर्माको दाबी छ कि पुराना संरचनाले मुलुकलाई अन्योल र अस्थिरता तर्फ धकेल्दैछ।
- उनीहरूले पुरानो रूपमा तयारी गर्ने क्रियाप्रति असहमति जनाउँदै प्रगतिशील दिशामा अगाडि बढ्न जोड दिएका छन्।
काठमाडौँ – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु घनश्याम भुसाल र जनार्दन शर्माले सहकार्यका लागि आह्वान गरेका छन्।
उनीहरुले शुक्रबार मुलुक गम्भीर राजनीतिक सङ्कटमा गइरहेको जिकिर गर्दै त्यसलाई चिर्न प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरूलाई एकतावद्ध हुन आह्वान गरेका हुन्।
प्रेस वक्तव्य जारी गर्दै बृहत् मोर्चाबन्दीको पहलकदमी आवश्यक भएको उनीहरुको ठहर छ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको पार्टीबाट छुट्टिएको एक समूहसहित दश दलले एकता घोषणा गरेपछि उनीहरुले त्यसलाई अस्वीकार गरेका छन्। समाजवादीका भुसाल र माओवादीमा रहेका शर्माले एकता गर्न नहुने अडान पार्टीमा राखेका थिए। तर अधिकांश नेताहरु एकताको पक्षमा उभिएका छन्।
उनीहरुले सत्तासिन नेताहरूको गैरजिम्मेवारीपन र राजनीतिक दलहरूको कमजोर भूमिकाका कारण मुलुक असाधारण राजनीतिक अन्योलमा फसेको ठहर गरेका छन्। पुरानै संरचना र तरिकाले सङ्कटलाई ढाकछोप गर्न एकता गरिएको विप्लव, भुसाल र शर्माको दाबी छ।
एकताप्रति लक्षित गर्दै उनीहरुले भनेका छन्, ‘मुलुकका पुराना राजनीतिक दलहरु, खासगरी तिनका नेताहरु पुरानै संरचना र तरिका जोडजाड गरेर सङ्कटलाई ढाकछोप गर्न र आफ्नो वर्चश्व बचाउन चाहान्छन् । त्यसले मुलुकलाई अझ अन्योल, अस्थिरता र सङ्कटतर्फ धकेल्ने कुरा निश्चित छ। पुरानै वाटो हिंडेर नयां गन्तव्यमा पुगिन्न भन्ने कुरा स्वतः स्पष्ट छ।’
उनीहरुले पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न भन्ने दाबी गर्दै निराशा चिरेर प्रगतिशील तथा लोकतान्त्रिक दिशामा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































