- नेपाल पुलिस क्लबले झापा महिला गोल्डकपको पहिलो सेमिफाइनलमा संकटा फुटबल क्लबलाई दुई शून्यले पराजित गर्यो।
- मिना देउवा र रेखा पौडेलले गोल गर्दा पुलिस क्लबले दोस्रो हाफमा खेलमा अग्रता बनायो।
- पुलिस क्लब अब एपीएफ एफसी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ।
माेरङ – विभागीय टोली नेपाल पुलिस क्लब झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। झापाको शिवसताक्षी नगरपालिकास्थित दुधे रंगशालामा शुक्रबार सम्पन्न पहिलो समीफाईनलमा काठमाडौको संकटा फुटबल क्लबलाई दुई शून्यले स्तब्ध बनाउँदै पुलिस क्लब उपाधि नजिक पुगेको हो।
रोमान्चक बनेको खेलमा पुलिस कल्बको जितमा मिना देउवा र रेखा पौडलले गोल गरेका थिए। यसक्रममा दुवै टोलीले पहिलो हाफका लागि राम्रो अवसर बनाएपनि बललाई सही दिशा दिन नसक्दा पहिलो हाफ गोलरहित अवस्थामा सकिएको थियो।
दोस्रो हाफमा पुलिसले काठमाडौको टोलीमाथि दबाव बनाएको थियो। सोही क्रममा खेलको ७० अौ मिनेटमा विभागीय टोली पुलिस क्लबले अग्रता बनाएको थियो।

करिब ३० यार्डको दुरीबाट पूजा रानाले प्रहार गरेको फ्रिकिकमा मिना देउबाले आकर्षक गोल गर्दै टोलीलाई एक शून्यको अग्रता दिलाएकी थिईन। त्यसपछि खेलको ८२ औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै पुलिसले अग्रता दोब्बर बनाएको थियो।संकटाकी कप्तान यशोदा शाहीले प्रस्ट रूपमा बल क्लियर गर्न नसक्दा पौडेलले पाएको मौकालाई सदुपयोग गर्दै गोल गरेकी थिईन यस जितसँगै पुलिस क्लब गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
पुलिसले अब सोमबार हुने उपाधिका लागि दोस्रो सेमीफाईनल अन्तरगत सशस्त्र प्रहरी बलको टोली एपीएफ एफसी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ।


भर्खरै
लोकप्रिय






































































































































































































