आचार्यका बालकथाको समीक्षात्मक कृति र ढुंगानाको बालकविता संग्रह सार्वजनिक

आचार्यका बालकथाको समीक्षात्मक कृति र ढुंगानाको बालकविता संग्रह सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • काठमाडौँमा समारोहका बीच विजयराज आचार्य र उर्मिला ढुंगानाको बालसाहित्यका दुई पुस्तक सार्वजनिक गरियो।
  • ‘मिठा मिठा तरकारीहरु’ पुस्तकले ३३ प्रकारका तरकारीसँग बालबालिकालाई परिचित गराउने ३३ कविता समावेश गरेको छ।
  • अतनुकुमार बसुले युद्धले बालबालिकामा पर्ने नकारात्मक प्रभावबारे कार्यपत्र प्रस्तुत गर्दै उनीहरुलाई मुख्य शिकार बताए।

काठमाडौँ- बाल साहित्य सर्जक विजयराज आचार्यका बालकथाहरुमा आधारित रहेर समीक्षात्मक कृति र उर्मिला ढुंगानाले लेखेको बालकविता संग्रह ‘मिठा मिठा तरकारीहरु’ सार्वजनिक गरिएको छ।

शुक्रबार काठमाडौँमा आयोजित एक समारोहकाबीच यी दुई पुस्तक सार्वजनिक गरिएको हो। नेपाल बालसाहित्य समाजका अध्यक्षसमेत रहेका आचार्यका कथाहरूमा भारतको कोलकाताका सर्जक अतनुकुमार बसुले समीक्षात्मक कृति तयार पारेका हुन्।

‘विजयराज आचार्यस् स्टोरिज फर चिल्ड्रेन :अ क्रिटिकल इस्टिमेसन’मा आचार्यका अंग्रेजीमा अनुदित ४० बालकथाका कथा, तीनका पात्र,कथाका सन्देश र मर्मलाई बसुले बोधगम्य शैलीमा समीक्षा तयार पारेका छन्।

यता, ढुंगानको ‘मिठा मिठा तरकारीहरु’ साना बालबालिकालाई विभिन्न प्रकारका तरकारीसँग परिचित गराउने हेतुले तयार पारिएको बालकविता संग्रह हो । किताबमा ३३ थरी तरकारीबारे ३३ वटा कविता समावेश छन् ।

नेपाल बालसाहित्य समाजका उपाध्यक्ष विजयराज न्यौपानेले दुवै कृतिका लेखकबारे परिचय गराउँदै शुभकामना मन्तव्य दिए भने अर्का सर्जक माधव घिमिरे ‘अटल’ले विजयराज आचार्यको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्दै विजयराज आचार्य १०० भन्दा बढी बालपुस्तकका
लेखक,अनुवादक,सम्पादकका साथै ट्रेनरका रुपमा देशभरका विभिन्न स्थानमा पुगी बालबालिकालाई तालिम दिँदै आएको उल्लेख गर्दै आचार्य ‘नेपाली बालासाहित्यको फ्याक्ट्री’ भएको बताए ।

‘मिठा मिठा तरकारी’बारे समीक्षात्मक टिप्पणी गर्दै डा.विष्णु केसीले उक्त किताबले बालबालिकालाई सधैं खाइरहने तरकारीबारे चिनाउने बताए । किताबबाट तरकारीका औषधीय गुण,रुप रंग र आकारबारेसमेत बालबालिकाले जानकारी हासिल गर्न सक्ने उनले बताए ।

उक्त कार्यक्रममै अतनुकुमार बसुले ‘इम्प्याक्ट अफ वार अन चिल्ड्रेन’विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उनले इजरायल–प्यालेस्टाइन–गाजा नरसंहार,भारत–पाकिस्तान युद्ध आदिको उदाहरण दिँदै जति पनि युद्ध भएका छन् तीनमा मुख्यत:बालबालिका त्यसको सिकार भएको उनले उल्लेख गरे ।

युद्धका बेला बालबालिका र शैक्षिक संस्थालाई कुँज्याइने गरेको उनले बताए । संसारभर हुने युद्धमा ७० देखि ८० प्रतिशत सर्वसाधारण त्यसको सिकार हुने र अझ त्यसमा पनि बालबालिका र महिलाहरु अझ बढी त्यसबाट प्रभावित हुने उनले बताए । ठूला–ठालूहरुको गल्तीको सजाय अबोध बालबालिकाले पाइरहेको सन्दर्भ उल्लेख गर्दै उनले निर्दोष बालबालिकाको बालापन र जीवन खोसिएको बताए ।

उता बसुको कार्यपत्रमाथि टिप्पणी गर्दै सर्जक महेश पौड्यालले बसुको कार्यपत्रमा अझै केही मिहिनेत परेमा त्यो संसारको जुनसुकै स्थानबाट जर्नलमा स्थान पाउने बताउँदै विश्वभर ४० प्रतिशत बालबालिका रहेको र उनीहरु गैरमतदाता भएको हुँदा उनीहरु सधैं राजनीतिज्ञ र युद्धको चेपुवामा पर्ने गरेको कुरा उल्लेख गरे ।

हाम्रो चिन्तनबाट हराउँदै जान थालेको कुरालाई प्रकाश पारेकोमा उनले लेखक बसुलाई धन्यवादसमेत दिए । उनले नेपाल र बंगाली साहित्यबीचको सम्बन्धबारेसमेत प्रकाश पारेका थिए ।

यस्तै,कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाल बालसाहित्य समाजका पूर्वअध्यक्ष प्रमोद प्रधानले विजयराज आचार्यका कृतिमाथिको समीक्षात्मक किताबले नेपाली बालसाहित्य १३० वर्षे इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय ढोका खोलेको बताए । नेपाली बालसाहित्यकार र बालसाहित्यबारे अन्तर्राष्ट्रिय लेखकका रुपमा बसुबाट पहिलोपटक कुनै किताब लेखिएको उनले बताए ।

त्यस्तै,कार्यक्रमकी सभापति सर्जक सिर्जना शर्माले तरकारीबारे ढुंगानाको महत्त्वपूर्ण कृति आएको र कार्यपत्रका रुपमा आएको युद्ध र बालबालिका विषयक छलफलले युद्धलाई निरुत्साहित गर्नुपर्ने कुरालाई आह्वान गरेको उनले जनाइन् ।

कार्यक्रममा लेखक अतनु कुमार बसुकी श्रीमती पम्पा बुसु र पुत्री अनुस्मिता बसुलाईसमेत फूलमालाले सम्मानित गरिएको थियो ।

आचार्यको किताब महेश पौड्यालले सम्पादन गरेका हुन् भने विवेक सिर्जनशिल प्रकाशन प्रालिले किताबलाई छापेको हो ।

मिठा मिठा तरकारीमा प्रज्ज्वल थापा मगरका चित्रहरु समावेश छन् भने अनुष्का सुवेदी किताबकी प्रकाशक हुन् ।

दुवै कृतिको बजार मूल्य ३५० रुपैयाँ तोकिएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’