काठमाडौँ– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।
बैठक शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनमा बस्ने छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका आमन्त्रण गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा कांग्रेसका पूर्व सांसद अफताव आलमको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ। आलमको गएराति साढे २ बजे मृत्यु भएको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































