गुठीचौरद्वारा एक वर्षमा ३३ लाख राजस्व सङ्कलन

गुठीचौरद्वारा एक वर्षमा ३३ लाख राजस्व सङ्कलन
+
-
देशसञ्चार AI सारांश
  • जुम्लाको गुठिचौर गाउँपालिकाले गत आर्थिक वर्षमा रु ३३ लाख राजस्व सङ्कलन गरेको छ।
  • प्याराग्लाइडिङ महोत्सवबाट रु आठ लाख ४४ हजार र रजिष्ट्रेशन शुल्कबाट रु तीन लाख १३ हजार जुटाइयो।
  • डोजर, एम्बुलेन्स सेवा र पशु शाखाबाट क्रमशः रु पाँच लाख ५९ हजार, रु ८१ हजार र रु सात लाख ८४ हजार संकलन भयो।

जुम्ला – जुम्लाको गुठिचौर गाउँपालिकाले गत आर्थिक वर्षमा रु ३३ लाख राजस्व सङ्कलन गरेको छ। गाउँपालिकाले गत आर्थिक वर्षमा वडागत रूपमा वडा–१ बाट रु ८२ हजार, वडा – २ बाट रु एक लाख, वडा नं ३ बाट रु एक लाख ५३ हजार, वडा नं ४ बाट रु दुई लाख ६८ हजार र वडा नं ५ बाट रु दुई लाख ५८ हजार ५३१ राजस्व सङ्कलन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मायाँलक्ष्मी बुढाले जानकारी दिए।

त्यसैगरी गाउँपालिकाले मालपोत कार्यालयमार्फत रजिष्ट्रेशन शुल्कबाट रु तीन लाख १३ हजार राजस्व आर्जन गरेको छ। गुठीचौर पर्यटन प्रवर्द्धनका लागि आयोजित प्याराग्लाइडिङ महोत्सवबाट रु आठ लाख ४४ हजार राजस्व सङ्कलन भएको छ।

यसबाहेक, डोजर सञ्चालनबाट रु पाँच लाख ५९ हजार, एम्बुलेन्स सेवाबाट रु ८१ हजार र पशु शाखाबाट रु सात लाख ८४ हजार राजस्व उठेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुढाको भनाइ छ। चालु आर्थिक वर्षको कात्तिक महिनाको दोस्रो सातामा मात्रै गाउँपालिकाले रु नौ लाख ९७ हजार राजस्व सङ्कलन भएको गुठीचौर गाउँपालिकाले जनाएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’