नेपाल ट्रष्टको जग्गा लिज प्रकरणः पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ

नेपाल ट्रष्टको जग्गा लिज प्रकरणः पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ
+
-

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाल ट्रष्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ।

नेपाल ट्रष्टको जग्गा लिजमा दिँदा अनियमितताको गरेको आरोपमा सिआइबीले कार्कीलाई पक्राउ गरेको हो। ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको हो।

चितवनको भरतपुर महानगरपालिका–१५ निवासी उनले हाल अवकाश पाइसकेका छन्।

नेपाल ट्रष्टको नाममा दर्ता काठमाडौँ महानगरपालिका–१, दरबारमार्गस्थित जग्गा थामशेर्कु ट्रेकिङ प्रा.लिलाई लिजमा दिने क्रममा कानूनी प्रक्रिया र समितिको निर्णयबिना नै सम्झौता गरिएको अनुसन्धानमा देखिएको छ। उक्त सम्झौता २०७४ जेठ १४ गते गरिएको थियो।

सो क्रममा ट्रस्टको नाममा रहेको कित्ता नम्बर ४६०६ बाहेक अर्को कित्ता नम्बर ४६०५ समेत गैरकानूनी रूपमा लिजमा दिइएको थियो। साथै ३ वर्षको निर्माण अवधिसहित ३० वर्षको लागि बिओटी मोडेलमा सम्झौता गरी नेपाल ट्रस्टलाई दीर्घकालीन हानी पुर्‍याइएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’