जनकपुरधाम – मधेस प्रदेशसभा सदस्य रहवन अन्सारीले प्रदेशसभा बैठकमा आफ्नै मुखमा मोसो दलेका छन्। उनले प्रदेशसभाको रोष्टममा बोल्दै सार्वजनिक अपराध स्वीकार गर्दै मोसो दलेका हुन्।
मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले विश्वासको मत लिनुपूर्व दलको तर्फबाट प्रदेशसभा सदस्यहरु बोलिरहेको समय माओवादी केन्द्रका प्रदेशसभा सदस्य रहेका अन्सारीले समय लिँदै रोष्टममा बोल्ने क्रममा मोसो दलेका हुन्।
उनले आफ्नो पार्टी मुख्यमन्त्री सोनललाई विश्वासको मत दिने भने पनि आफूले नदिने बताए।

भर्खरै
लोकप्रिय






































































































































































































