दुई जिल्लाको सिमाना कवाडीमा मोबाइल सेवा सुचारु

दुई जिल्लाको सिमाना कवाडीमा मोबाइल सेवा सुचारु
+
-
देशसञ्चार AI सारांश
  • बाजुरा र हुम्ला जिल्लाको सिमाना कवाडीमा मोबाइल सेवा सुचारु भएपछि बासिन्दाले सजिलै सञ्चार सुरु गरेका छन्।
  • पहिलाको अवस्थामा, सम्पर्क गर्न डाँडामा जानुपर्ने बाध्यता रहेकोमा अब सजिलो भएको स्थानीयले बताए।
  • मोबाइल सेवा सुचारु भएको भए पनि इन्टरनेट सेवा अझै सञ्चालनमा नआएको गाउँपालिका अध्यक्षले बताए।

हुम्ला – बाजुरा र हुम्ला जिल्लाको सिमाना कवाडीमा मोवाइल सेवा सुचारु भएको छ। सञ्चार सुविधा नपुगेको गुनासो दुवै जिल्लाको सिमाना कवाडीका बासिन्दाले माग गरिरहेका बेला मोबाइल सेवा सुचारु भएको हो।

हुम्ला जिल्लाको ताँँजाकोट गाउँपालिकाको जिमाना र ताँजाकोटमा फोर जी टावर स्थापना भई सुचारु भएपछि बाजुरा र हुम्ला जिल्लाको सिमाना कवाडीमा मोबाइल सेवा सुचारु भएको ताँँँजाकोट गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख धनराज ढकालले बताए।

यसअघि कवाडीमा सञ्चार सम्पर्क गर्न अग्ला डाँडामा जानुपर्ने बाध्यता थियो भने सस्तो खालका मोबाइललाई घरका छतमा डोरीमा बाँधेर झुण्ड्याउनुपर्ने बाध्यता पनि थियो।

उनले दुवै जिल्लाका कवाडीवासीले यसरी पन्द्र वर्षसम्म सञ्चार सम्पर्क गरेको बताउदै अब भने स्पष्ट र जताततैबाट सञ्चार सम्पर्क हुने गरेको बताए।
जिमाना र ताँजाकोटको टावरले गर्दा बाजुरापट्टीका स्थानीयहरुलाई पनि सञ्चार सम्पर्क गर्न सजिलो भएको छ भने दुवै जिल्लाका सिमा सुरक्षा चौकीका प्रहरीलाई पनि सजिलो भएको छ। पहिले मोबाइल नेटवर्कले काम नगर्दा कवाडीका सुरक्षाकर्मीहरुले डाँडामा गएर फोन गर्ने वा छप्रोलाको अस्थायी प्रहरी चौकीमा आएर जिल्लामा सूचना आदान प्रदान गर्नुपर्ने बाध्यता थियो।

दुई स्थानका टावरले गर्दा मोबाइल सेवा सुचारु भएपनि इन्टर नेट सेवा भने सुचारु हुन नसकेको गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए। मोबाइल सेवा सुचारु भएर एउटा सञ्चारको काम भएपनि अब इन्टर नेट सेवा पनि सुचारु गर्न उनले नेपाल टेलिकमलाई आग्रह गरे। हाल कै टावरमा जडान गरिएको मेशिनलाई पनि मर्मत गरेको खण्डमा इन्टर नेट सेवा सुचारु हुन अवस्था रहेको छ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’