बिहार विधानसभालाई लिएर मंगलबारसम्म जोगबनी नाका बन्द

बिहार विधानसभालाई लिएर मंगलबारसम्म जोगबनी नाका बन्द
+
-
देशसञ्चार AI सारांश
  • भारत विहार विधानसभा निर्वाचनलाई लिएर ७२ घण्टासम्म विराटनगर जोगबनी सीमा क्षेत्र बन्द गरिएको छ।
  • अत्यावश्यक र आपतकालिन कारणबाहेक सबै आवतजावत बन्द गराइएको र आवश्यकता हेरिकन मात्र अनुमति दिइनेछ।
  • सीमा बन्द भए पनि अत्यावश्यक सेवा, औषधि आपूर्ति, र आकस्मिक यात्रामा सम्बन्धित निकायको स्वीकृति आवश्यक पर्नेछ।

मोरङ – कात्तिक २५ गते हुने भारतको विहार विधानसभा निर्वाचनलाई लिएर विराटनगर जोगबनी सीमा क्षेत्र बन्द गरिएको छ। विहारस्थित अररिया जिल्लाका जिल्लाअधिकारी र प्रहरी प्रमुखले निर्वाचनका लागि सीमा क्षेत्रमा सुरक्षा सतर्कता कडा बनाउने क्रममा आउँदो तीनदिन नाका बन्द गरिएको जनाएका छन्।

उनीहरुले शनिबार संयु्क्त रुपमा एक विज्ञप्ती जारी गर्दै कार्तिक २२ गते –आज) साँझ ६ बजेबाट ७२ घण्टासम्म सीमानाका बन्द गरिएको जनाइएको छ। विज्ञप्तीमा यसबीच अत्यावश्यक र आपतकालिन कारणबाहेक सबै आवतजावत बन्द गरिएको बताइएको छ।

यसक्रममा शनिबार बेलुकाबाट ढाट सिल गरिँदा मानिसहरुको आवतजावत बन्द भएको छ। भारतीय सीमातर्फ रहेका सुरक्षाकर्मीहरुले नाकाबाट आवातजावत गर्नमा रोक लगाउँदै आएकाछन्।

उनीहरुले कार्तिक २५ गते मंगलबारसम्मका लागि अत्यावश्यक बाहेकका मानिस आवतजावत नगर्नुहुन जानकारी गराइरहेका छन्। यसक्रममा विशेष आवश्यक्ता हेरिकन जाँचपाश्चात मात्र सीमाआवतजातमा स्वीकृत दिइने बताइएको छ।

यसक्रममा नेपाल–भारतबीचको खुला सीमा यस अवधिमा बन्द भए पनि अत्यावश्यक सेवा, औषधि आपूर्ति, र आकस्मिक यात्राजस्ता काममा भने दुबै देशका सम्बन्धित निकायको स्वीकृतिबाट आवतजावत गर्न सकिने व्यवस्था सुरक्षा निकायले जनाएको छ।

सीमा बन्दका क्रममा अररियासंगै, फारबिसगन्ज, सिकटी र पलासीसहितका विधानसभा क्षेत्रमा सुरक्षा निगरानी बढाइने जनाइएको छ। बिहार प्रशासनले नेपालतर्फका सुरक्षा निकाय र स्थानीय प्रशासनसँगको संयुक्त समन्वयमा सीमा नियन्त्रण तथा अनुगमनलाई सशक्त बनाउने तयारी गरेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’