काठमाडौँ- गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएकाले कतिपय कामको जानकारी सार्वजनिक गर्न नमिल्ने अवस्था रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन्।
उनले मन्त्रालयको जिम्मेवारीलाई “आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक अरु बिकल्प नभएको” भन्दै गोप्यतामा रहेर काम गर्नुपर्ने अवस्था रहेकोमा जोड दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ।”
मन्त्रालयसँग ‘शुद्ध चित्तले कर्म गरिरहने’ बाहेक अरू विकल्प नभएको उनको भनाइ छ।
वर्तमान सरकारले ‘पाइलैपिच्छे सुशासनको बाटो हिँडेर’ देशलाई निर्वाचनमार्फत निकाससम्म डोर्याउने आफ्नो अभिभारा पूरा गर्ने गृहमन्त्रीले प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यकालको अन्तिममा जनतालाई धैर्यताका निम्ति धन्यवाद दिने पनि उनले बताएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































