- हङकङ सिक्सेसमा युएईसँग ४३ रनको पराजयसँगै नेपालको हङकङ यात्रा समाप्त भएको छ।
- नेपाल १२ टोली सहभागी प्रतियोगितामा भारतलाई उछिन्दै ११ औं स्थानमा रह्यो।
- शरद भेषवाकरले अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगितापछि क्रिकेटबाट सन्न्यास लिंदै धन्यवाद व्यक्त गरे।
हङकङ सिक्सेसअन्तर्गत ‘बाउल लिग’को तेस्रो खेलमा नेपाल युएईसँग पराजित भएको छ। ४३ रनले पराजित भएसँगै नेपालको हङकङ यात्रा अन्त भएको छ। यो प्रतियोगितासँगै सरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिएका छन्। उनले श्रीलंकासँग प्रतियोगितामा एक खेल खेलेका थिए।
नेपालविरुद्ध पहिले ब्याटिङ गरेको युएईले ६ ओभरमा ५ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो। युएईका निलाश केसवानीले १० बलमा ७ छक्का र २ चौका प्रहार गर्दै ५० रन बनाउँदा जाहिद अलीले १० बलमा ३० रन जोडे। त्यस्तै महुमद फारुखी २४ रनमा नटआउट रहे। नेपालका लागि राशिद खानले २ र रुपेश सिंहले १ विकेट लिए।
जवाफमा १ सय ३० रनको लक्ष्य पछ्याएको नेपालले ४ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो। मोहमद आदिल आलमले १२ बलमा ३२ र सन्दीप जोराले ११ बलमा नटआउट ३१ रन जोडे।
योसँगै नेपालको हङकङ सिक्सेसको जारी संस्करणको यात्रा समाप्त भएको छ। बाउल लिगको अन्तिम खेलमा यूएईसँग ४३ रनले पराजित भएपछि नेपाल फाइनल पुग्न असफल रह्यो ।
१२ टोली सहभागी प्रतियोगितामा नेपाल भारतलाई मात्र उछिन्दै ११ औं स्थानमा रहेको हो। नेपालले प्रतियोगितामा एकमात्र जित भारतसँग नै दर्ता गरेको थियो। त्यसबाहेक नेपालले सबै खेलमा पराजित भयो।
यसैबीच अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हङकङ पुगेका शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्। यसअघि नै उनले हङकङ सिक्सेस आफ्नो अन्तिम अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता भएको बताएका थिए।

उनले दुई दशकभन्दा लामो समय नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेले। उनी उमेर समूह हुँदै राष्ट्रिय टोलीको सदस्य बनेका थिए। नेपालले सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेल्दा र २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउँदा उनी टोलीको महत्त्वपूर्ण सदस्य रहेका थिए।
सन्न्यासपछि सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिए। उनले लेखे ‘धन्यवाद नेपाल क्रिकेट र सबैलाई। अब बिदा हुन्छु।’

भर्खरै
लोकप्रिय






































































































































































































