काठमाडौँ – देशैभर मतदाता नामावली संकलनमा समस्या देखिएको छ।
निर्वाचन आयोगको मतदाता नामावली संकलनसँग सम्बन्धित सर्भरमा समस्या हुँदा देशैभर काम रोकिएको निर्वाचन आयोगले जनाएको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँका प्रमुख ठाकुर भट्टराईका अनुसार आइतबार सर्भरमा समस्या हुँदा का रोकिएको जानकारी दिए। उनले भने, ‘जमलमा रहेको सर्भरमा समस्या आउँदता नामावली संकलन रोकिएको छ। सर्भर बनाउने काम भइरहेको छ। राति १० बजेसम्म भने पनि हामी नामावली संकलन गर्छौँ। चिन्ता मान्नु पर्दैन।’
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन गर्न समय दिएको छ। अहिलेसम्म छुटेका मतदाताले निर्वाचन कार्यालय पुगेर मतदाता सूचीमा नाम लेखाउन सक्नेछन्।
आयोगका अनुसार थपिएको अवधिमा कात्तिक १९ गतेसम्म एक लाख २४ हजार ८६१ जनाले नाम दर्ता गराएका छन्। त्यसअघि एक करोड ८१ लाख ६८ हजार २३० जनाले मतदाता नामावलीमा नाम रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

भर्खरै
लोकप्रिय






































































































































































































