आम सञ्चार माध्यमलाई टिक्न गाह्रो हुने अवस्था आएको छः सञ्चारमन्त्री खरेल

आम सञ्चार माध्यमलाई टिक्न गाह्रो हुने अवस्था आएको छः सञ्चारमन्त्री खरेल
+
-
देशसञ्चार AI सारांश
  • मन्त्री खरेलले सामाजिक सञ्जालको प्रभावले आम सञ्चार माध्यमलाई काम गर्न कठिन भएको उल्लेख गर्दै अघि बढ्नुपर्ने बताए।
  • एनटिभी वर्ल्ड च्यानलले विश्वलाई नेपालका दृष्टिकोणबाट हेर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास रहेको बताए।
  • सञ्चार माध्यमका लागि सरकारको सहयोग प्रतिबद्धता जनाउँदै संस्थागत सुधार आवश्यक रहेको खरेलले औंल्याए।

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आम सञ्चार माध्यामलाई टिक्न कठिनाई हुने अवस्था आएको बताएका छन् । आइतबार सार्वजनिक सेवा प्रशारण तथा एनटिभी वल्र्डको औपचारिक शुभारम्भ समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री खरेलले सामाजिक सञ्जालको दवदवाले आम सञ्चार माध्यामहरुलाई काम गर्न नै कठिन भएको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्नुपर्ने आवश्यक रहेको समेत स्पष्ट पारे। उनले आजबाट शुभारम्भ भएको एनटिभी वल्र्ड च्यानलले बाँकि विश्वलाई हेर्न र बुझन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वससमेत व्यक्त गरे ।

मन्त्री खरेलले सार्वजनिक सेवा प्रशारण संस्थालाई आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

‘अबको दिन बडो चुनौतिपूर्ण छ । अब आम सञ्चार माध्यामलाई टिक्न गाह्रो छ । थेगिन गाह्रो छ । काम गर्न गाह्रो छ । व्यवसायिकतामा धेरै प्रश्नहरु छन्,’उनले भने,’यो चुनौतिको बीचमा हामी जुन काम शुभारम्भ गरेका छौँ । यसले नेपाल र नेपाली मात्रै नभएर बाँकि विश्वलाई नेपालको आँखाबाट हेर्नका लागि यो एनटिभी वल्र्डले महत्वपूर्ण भुमिका निर्वाह गर्छ भन्ने लागेको छ । अरु कुराहरु आगामी दिनमा धेरै गर्नु छ । यतातर्फ नपाल सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तर्फबाट सार्वजनिक सेवा प्रशारण संस्था यो पिएसपीलाई आवश्यक सहयोग गर्न नेपाल सरकार प्रतिवद्ध छ ।’

मन्त्री खरेलले सार्वजनिक सेवा प्रशारण संस्थाहरुले आफ्नो प्रश्तुतिमा धेरै सुधार गर्नुपर्ने आवश्यकतामा समेत औँल्याए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’