एमएडब्लू वृद्धि देशभर १४० भन्दा बढी CCS2 फास्ट चार्जिङ स्टेशनसहित ईभी चार्जिङ नेटवर्कमा अग्रणी

एमएडब्लू वृद्धि देशभर १४० भन्दा बढी CCS2 फास्ट चार्जिङ स्टेशनसहित ईभी चार्जिङ नेटवर्कमा अग्रणी
+
-
देशसञ्चार AI सारांश
  • एमएडब्लू वृद्धिले १३९ भन्दा बढी चार्जिङ स्टेशन स्थापना गरी नेपालमा विद्युतिय सवारीको विकासलाई तीव्र बनाएको छ।
  • यस वर्षको अन्त्यसम्म थप १०० भन्दा बढी फास्ट चार्जिङ स्टेशनहरु स्थापना गर्ने योजना कम्पनीले राखेको छ।
  • चार्जिङ स्टेशनहरू विभिन्न रणनीतिक स्थानमा राखी २४/७ सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

काठमाडौं – एमएडब्लू वृद्धिले नेपालभर विद्युतिय सवारी (ईभी) को विकासलाई तीव्र बनाउँदै १३९ भन्दा बढी सुचारु चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।

बढ्दै गएका ईभी प्रयोगकर्तालाई सहयोग गर्ने र देशभर दिगो यातायातलाई प्रवर्द्धन गर्ने क्रममा यो उपलब्धिलाई उल्लेखनीय मानिएको छ।
कम्पनीले यसै वर्षको अन्त्यसम्म थप १०० भन्दा बढी CCS2 फास्ट चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य राखेको छ, जसले ईभी धनीका लागि प्रमुख सहर, राजमार्ग र ग्रामीण क्षेत्रमा ईभी यात्रा झन सहज बनाउनेछ।

चार्जिङ नेटवर्कले देशका प्रमुख शहरी केन्द्र, क्षेत्रीय शहर र देशका विभिन्न भागहरूलाई जोड्ने मुख्य राजमार्गहरूलाई समेटेको छ, जसले ईभी प्रयोगकर्ताको यात्रा झन्झटमुक्त र निश्चिन्त बनाउँछ।

चार्जिङ स्टेशनहरूमा धेरै ब्राण्डका ईभीले प्रयोग गर्न मिल्ने फास्ट ऋऋक्द्द चार्जरहरू छन्। यी स्टेसनहरू पूर्व(पश्चिम राजमार्ग, प्रमुख पर्यटन मार्गहरू र नाका क्षेत्रजस्ता रणनीतिक स्थानमा राखिएका छन्, जसले २४र७ पहुँच र भरपर्दो सेवा सुनिश्चित गर्छन्।

सुविधालाई ध्यानमा राखेर प्रत्येक स्टेशनलाई केन्द्रीय नियन्त्रण प्रणालीसँग जोडिएको छ, जसले वास्तविक समयमा निगरानी र ग्राहक सहायता उपलब्ध गराउँछ। ग्राहकहरूले ःब्ध् क्उभभम ऋजबचनभचक एप प्रयोग गरेर नजिकको चार्जिङ स्टेशन सजिलै पत्ता लगाउन सक्छन्।

एमएडब्लू वृद्धिको बढ्दो चार्जिङ नेटवर्कले ईभी चालकलाई रेन्ज आत्मविश्वास बढाउँछ र व्यक्तिगत तथा व्यावसायिक प्रयोगकर्ताबीच ईभीको स्वीकार्यता बढाउन सहयोग गर्छ। निरन्तर विस्तार भइरहेको यो पूर्वाधारले नेपालकै सबैभन्दा ठूलो र भरपर्दो ईभी चार्जिङ नेटवर्क निर्माण गर्ने कम्पनीको दीर्घकालिन दृष्टिकोणलाई प्रष्ट पार्छ।

यस प्रगतिका बारेमा कुरा गर्दै एमएडब्लू वृद्धिका मार्केटिङ तथा चार्जिङ पूर्वाधार प्रमुख प्रकाश सुवेदी भन्छन्, “हामी देशभरका पहुँचयोग्य र गुणस्तरीय चार्जिंग स्टेसनहरू मार्फत् नेपालको ईभी विकासमा योगदान दिन पाउँदा गर्व गर्छौं। हाम्रो लक्ष्य भनेको सबैका लागि सहज, स्वच्छ र भरपर्दो इलेक्ट्रिक मोबिलिटी सुनिश्चित गर्नु हो।”

यो अभियान नेपाल सरकारले अघि सारेको ईभी प्रवर्द्धन लक्ष्य र दिगो यातायात विकास सम्बन्धी योजनासँग निकट छ। भरपर्दो ईभी चार्जिङ पूर्वाधारमा लगानी गरेर एमएडब्लू वृद्धिले इको(फ्रेन्डली मोबिलिटीलाई सशक्त बनाउँदै नेपाललाई ग्रीन र स्मार्ट भविष्यतर्फ अघि बढाइरहेको छ।

निरन्तर विस्तार र इनोभेसनका साथ एमएडब्लू वृद्धि देशको ईभी भविष्य निर्माण गर्न, प्रगतिलाई डोहोर्याउन र प्रत्येक यात्रामा सुविधा र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दैछ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’