नेशनल लाईफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको चेयरपर्सन क्लब कार्यक्रम सम्पन्न
+
-
देशसञ्चार AI सारांश
  • नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ५२६ सफल अभिकर्तालाई चेयरपर्सन क्लब सदस्यता र सम्मान प्रदान गरेको छ।
  • मोटिभेटर अनिल केशरी शाहले जीवन बीमा व्यवसायमा अभिकर्ताको व्यावसायिक दक्षता अभिवृद्धिका लागि प्रशिक्षण दिए।
  • कार्यक्रममार्फत उत्कृष्ट अभिकर्तालाई नगद पुरस्कारसहित सम्मान पत्र प्रदान गर्दै कम्पनीले व्यावसायिक विकासलाई प्राथमिकतामा राखेको छ।

काठमाडाैँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि इलाईट लिडर्स कन्क्लेभ भन्ने नाराका साथ ३ दिने “चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम” ललितपुर स्थित होटल रोयल टुलिपमा सम्पन्न गरेको छ।

२०८१/८२ मा तोकिएको लक्ष्य पूरा गर्न सफल ५२६ जना अभिकर्तालाई कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा उपस्थित अभिकर्तालाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले चर्चित मोटिभेटर प्रशिक्षक एवं पूर्व बैंकर अनिल केशरी शाहले प्रशिक्षण प्रदान गरेका  थिए।

प्रशिक्षणको क्रममा उनले कुनै पनि क्षेत्रमा सफल हुन कुनै पनि क्षेत्र वा पेशामा नेतृत्व लिन सक्ने हैसियत बनाएमा आफ्नो पेशामा सफल हुन सक्ने बताए।

कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई सम्पत्ति शुद्धीकरणसम्वन्धी जानकारी दिने उद्देश्यले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा पर्न सक्ने नकारात्मक प्रभाव र सो रोकथामका लागि अवलम्वन गर्नुपर्ने उपायबारे प्रशिक्षण प्रदान गरेका थिए।

कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न चेयरपर्सन क्लब कार्यक्रममा सदस्यता प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गर्दै छनौट भएका सबै अभिकर्तालाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधामा सर्वोत्कृष्ट घोषित भएका अभिकर्तालाई सम्मान प्रदान गरेका थिए।

सो अवसरमा कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सधैँ प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता प्रकट गरे।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीका सबै संरचना उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराए। उनले अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन यथाशक्य थप लगानी गर्दै जाने योजनाअनुरुप अभिकर्तालाई थप व्यावसायिक बनाउन कम्पनी प्रयत्नशील रहेको बताए।

उक्त कार्यक्रममा चेयरपर्सन क्लबमा छनौट भएका सबै अभिकर्तालाई सदस्यता वितरण र विभिन्न विधामा सर्वोत्कृष्ठ घोषित भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गर्नुका साथै सो समारोहमा नेपालभरबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग उत्कृष्ट ७ जना अभिकर्तालाई सम्मानित गरिएको थियो भने नेपालभरबाट आफ्नो कोड र संजालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्वित्तीय र तृतीय हुने अभिकर्ता र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जना लाई विशेष सम्मानको आयोजना गरी सम्मान पत्र लगाएत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’