काठमाडौँ- जेनजी आन्दोलनमा तोडफोड र आगजनीको सिकार भएको नक्सालस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोर भत्काउँदै गर्दा आइतबार अचानक ढलेपछि तीन जना कामदार घाइते भएका छन्।
भत्काउँदै गरेको स्टोर अचानक भत्किँदा काम गरिरहेका कामदारहरू च्यापिएका थिए।
काठमाडौँ प्रहरीका अनुसार तीनजना च्यापिएका हुन्।
अहिले घटनास्थलमा प्रहरी पुगेका छन् भने नक्साल भाटभटेनी क्षेत्रमा आवागमन प्रभावित भएको छ।
यस स्थानमा रहेको भाटभटेनी स्टोरमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोडमा ठूलो क्षति भएको थियो भने अहिले उक्त भवन कामदारहरूले भत्काइरहेका थिए।
सडक क्षेत्र छेकेर भवन भत्काउँदै गरे पनि त्यस क्षेत्रमा आवागमन असुरक्षित भएको थियो।

भर्खरै
लोकप्रिय






































































































































































































