‘परान’ हेर्न दर्शकको ओइरो, अर्घाखाँची सिमेन्टको पनि साथ

‘परान’ हेर्न दर्शकको ओइरो, अर्घाखाँची सिमेन्टको पनि साथ
+
-
देशसञ्चार AI सारांश
  • सामाजिक सञ्जालमा चर्चित बनेको ‘परान’ फिल्मको कथा र विषयले दर्शकलाई गहिरो प्रभाव पारेको छ।
  • अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्ना कर्मचारी र सोकर्मीहरूलाई विशेष शोमा फिल्म देखाएर भावुक बनाएको छ।
  • वरिष्ठ अभिनेता नीर शाहको शीर्ष भूमिकासहितको फिल्मले सबै उमेरका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ।

काठमाडौं – ‘परान’ ले चौतर्फी प्रशंसा पाउन थालेपछि हलहरूमा दर्शकको ओइरो नै लागेको छ। सामाजिक सञ्जाल पनि फिल्मको चर्चाले भरिएका छन्।

फिल्ममा प्रस्तुत कथा र विषयवस्तुले छुन थालेपछि अर्घाखाँची सिमेन्ट लिमिटेडले विशेष ‘कर्पोरेश शो’ नै आयोजना गरेर आफ्ना कर्मचारी र व्यापारिक साझेदार डिलरहरूलाई फिल्म देखाएको छ। सुन्धारास्थति सिभिल मलमा शनिबार २:४५ बजे कर्पोरेश शो आयोजना गरेर आफ्ना डिलरलाई फिल्म देखाएको हो।

फिल्म हेरिसकेपछि कर्मचारीहरू भने निकै भावुक देखिएका थिए। फिल्म हेरिसकेपछि अर्घाखाँची सिमेन्ट लिमिटेडका महाप्रबन्धक रमेश थापाले भन्नुभयो- ‘‘फिल्ममा आफ्नै घरको कथा देखाएको छ, परिवारै छाडेर छोरा-छोरी विदेश गइरहेका छन्, बुबा-आमाहरू एक्लिँदै गएका छन्, गाउँ रित्तिन थालेका छन्, यही कुरालाई समेटेर बनाइएको यो फिल्मले समाजमा राम्रो सन्देश दिएको छ, यस्तै कथावस्तुमा फिल्म बन्न जरुरी छ।’’

नेपाली समाजको पारिवारिक कथा समेटिएको ‘परान’ फिल्म जीवनको उत्तरार्धमा सन्तानको साथ र माया खोजिरहेका एक बाबुको कथामा आधारित छ । फिल्मले बाबुआमाले बुढेसकालमा सन्तानको सामीप्य चाहने र सन्तानले आफ्ना आकांक्षालाई प्राथमिकता दिँदा उत्पन्न हुने भावनात्मक दूरी र अवस्थालाई यथार्थपरक रूपमा चित्रण गरेको छ ।

फिल्मको शीर्ष भूमिकामा वरिष्ठ अभिनेता नीर शाह रहेका छन् । नेपाली फिल्म उद्योगमा अभिनयका भीष्मपितामाका रूपमा परिचित शाहले धेरै वर्षपछि शीर्ष भूमिका निभाएकाले यो फिल्म विशेष चासोको विषय बनेको छ । पारिवारिक दर्शकका लागि सन्देशमूलक र भावनात्मक कथा प्रस्तुत गर्ने यो चलचित्रले सबै उमेरका दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

‘परान’ फिल्मलाई डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि आचार्यकै हो भने पटकथा र संवाद यम थापाले लेखेका हुन् । यो चलचित्र बाइस्कोप सिनेमा प्रा.लि.ले निर्माण गरेको हो ।

फिल्ममा नीर शाह, महेश शाह, अञ्जना बराइल, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई तथा बाल कलाकार आर्यादीप आचार्यलगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ ।

सांस्कृतिक अभिवृद्धि र मनोरञ्जनलाई संस्थागत स्तरमै प्रोत्साहन गर्ने उद्देश्यले अर्घाखाँची सिमेन्ट लिमिटेडले डिलर र कर्मचारीबीच आपसी सम्बन्ध र सकारात्मक उर्जा सुदृढ गर्ने विश्वास गरिएको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’