मधेसः एमाले–कांग्रेस–जनमतको गठबन्धन ढालेर बनेको गठबन्धनको सरकार २५ दिनमै ढल्यो

मधेसः एमाले–कांग्रेस–जनमतको गठबन्धन ढालेर बनेको गठबन्धनको सरकार २५ दिनमै ढल्यो
+
-
देशसञ्चार AI सारांश
  • वर्तमान निर्वाचन प्रणालीका कारण मधेस प्रदेशमा पाँच वर्षभित्र पाँच जना मुख्यमन्त्री बन्ने सम्भावना रहेको पूर्व मुख्यमन्त्री राउतले बताए।
  • मुख्यमन्त्री सोनललाई विश्वासको मत नपाएपछि राजीनामा दिन बाध्य भएसँगै प्रदेशसभा अनिश्चितकालका लागि स्थगित भएको छ।
  • नयाँ सरकार गठनबारे अन्यौलता कायम रहँदा, संविधानको धारा १६८ को उपधारा २ अनुसार आहृवान गर्नुपर्ने माग बढ्दैछ।

जनकपुरधाम – मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले शनिबार प्रदेशसभा बैठकमा अहिलेको अवस्था देखेर पाँच वर्षमा पाँच जना मुख्यमन्त्री पाउने बताए। उनले मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले पेश गरेको प्रस्तावमाथि बोल्दै वर्तमान निर्वाचन प्रणालीका कारण अहिलेसम्म तीन जना मुख्यमन्त्री बनिसकेको र पाँच वर्षभित्र ५ जना मुख्यमन्त्री बन्ने बताइराख्ना उनले भनेको केही घण्टामै मधेसले दोस्रो कार्यकालमा चौथो मुख्यमन्त्री पाउने अवस्था सिर्जना भयो।

मुख्यमन्त्री सोनलले विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि विभिन्न दलका तर्फबाट रोष्टममा दलका प्रतिनिधिहरु बोलेपछि माओवादी केन्द्रका रहवर अन्सारीले समेत बोल्ने भनेपछि सभामुख रामचन्द्र मण्डलले उनलाई बोल्न राष्टमको प्रयोग गर्न अनुमति दिए।

सम्बोधन गर्दै अन्सारीले आफ्नो मुखमा कालोमोसो दलेर आफ्नो पार्टी विश्वासको मत दिने पक्षमा रहेपनि आफू तटस्थ बस्ने र उनको समर्थन जनाउँदै माओवादी केन्द्रकै माला कर्णले समेत तटस्थ बस्ने भनेपछि सोनलले विश्वासको मत नपाउने अवस्था सृजना भयो।

विश्वासको मत लिन प्रस्ताव पेश नगरेसम्म ढुक्क देखिएका मुख्यमन्त्री सोनल प्रदेशसभा अन्सारी र कर्णको निर्णयपछि विश्वासको मत नपाउने विश्वस्थ भए र विश्वासको मतको प्रक्रिया सार्न सभामुखसँग अनुरोध गरे। सभामुखले मत विभाजन प्रक्रिया रोक्न तयार नभएपछि मुख्यमन्त्री र दुई जना विना विभागीय मन्त्री सभाकक्षबाट बाहिर निस्के। सरकार पक्षबाट तीनै जना बाहिरिएपछि सत्तापक्षका अन्य प्रदेशसभा सदस्यहरुले नियमापत्ति जनाउँदै सदन स्थगित गर्न भनेपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरे।

तर करिब एक घण्टामा पनि कुरा नमिलेपछि सभामुखले सत्तापक्षका सांसदहरुको अनुपस्थितिमै मत विभाजन प्रक्रिया सुरु गरे। मत विभाजन प्रक्रिया सुरु गरेपछि सदनभित्र मुख्यमन्त्रीसहित अन्य प्रदेशसभा सदस्यहरु आएपछि मुख्यमन्त्री सोनलले राजीनामा दिन बाध्य भए।

उनले राजीनामा घोषणा गरेपछि सभामुख मण्डलले मत विभाजन प्रक्रियाको अब कुनै आवश्यकता नभएको भन्दै बैठक अनिश्चितकालका लागि स्थगित गरे।

राताराती एमाले–कांग्रे–जनमतको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएर मुख्यमन्त्रीमा नियुक्त भएका सोनलको सरकार २५ दिनमै ढलेपछि प्रतिपक्षी दल एमाले र कांग्रेसले यो सरकार उनीहरुकै कारण ढलेको आरोप लगाए। एमाले र कांग्रेसका प्रदेशसभा सदस्यहरुले यो सरकार ढाल्नुमा आफूहरुको कुनै योजना नभएको दावी गरे।

गत असोज २९ गते एमाले र कांग्रेस बाहेकका जनता समाजवादी पार्टी नेपाल, लोसपा, जनमत, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका ५६ जना सदस्यको समर्थनमा बनेको सरकार ढलेपछि अब संविधानको कुन धारामा सरकार बनाउने भन्ने अन्यौलता बढेको छ।

मुख्यमन्त्री सोनलले राजीनामा दिएको करिब २४ घण्टा हुन लाग्दा समेत नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख भण्डारीले आह्वान गर्न सकेकी छैनन्। उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ वा ३ बमोजिम आह्वान गर्ने त्यसमा अन्यौलमा छन्। उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलसँग छुट्टा छुट्टै परामर्श गरेकी छन्। तर नयाँ सरकार गठनको लागि अहिलेसम्म उनी निष्कर्शमा पुगेकी छैनन्।

एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले सोनलले आफ्नो दललाई विश्वासको मत दिन कुनै प्रकारको पत्र नपठाएको भन्दै उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्न जनमतले १३ सदस्य सहित पुगेकोमा ११ जना, माओवादी केन्द्रले ९ भनेकोमा ७ जनाले मात्र मत दिने भएपछि यसमा हामीले त केही गरेको छैन्। उनीहरुको आफ्नै सदस्यले धोखा दिएको हो। उनले नेपाली कांग्रेस र एमाले विपक्षमा बस्ने भनेर निर्णय नै गरेको भनेपछि यसमा आफूहरुको षडयन्त्र हुन्छ भनेर प्रश्न गरे।

कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि यो सरकार ढाल्नुमा आफूहरुको कुनै हात नभएको दावी गरे। यादवले कांग्रेस संसदीय व्यवस्थालाई राम्रो सँग अभ्यास गरेको पार्टी भएकाले त्यस व्यवस्थामा विश्वास गरेको पार्टी भएको भन्दै कसैले आरोप लगाउँदैमा केही नहुने बताए।
सोनल नेतृत्वको सरकार ढलेपछि नेकपा एमालेले नेपालको संविधानको धारा १६८ को उपधारा २ असफल भइसकेको हुनाले नयाँ धारा अनुसार ठुलो दलले सरकारको नेतृत्व गर्न पाउनु पर्ने मानसाय बनाएका छन्।

कांग्रेस भने सर्वपक्षिय सरकार बनाउनु पर्ने कसरत गरिरहेका छन्।  सत्तापक्षका प्रदेशसभा सदस्यहरुले भने सोनल विश्वासको मत लिनु अगावै राजीनामा दिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै नयाँ सरकार गठनका लागि आह्वान हुनुपर्ने तर्क गर्छन्।

सरकार ढलेको करिब २४ घण्टा बित्न लाग्दा समेत नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान नगरेपछि मधेश प्रदेश सरकारको प्रशासनिक भवन भएको ‘मधेश भवन’ अगाडि युवाहरुले धर्नामा बसेका छन्। सोनल समर्थित युवाहरु आइतबार साँझ मधेश भवनस्थि ‘प्ले कार्ड’सहित धर्ना दिएका छन्।

मधेश प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको आहृवान गर्नुपर्ने उनीहरुको माग छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’