काठमाडौँ- जेनजी आन्दोलनमा तोडफोड र आगजनीको सिकार भएको नक्सालस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोर भत्काउँदै गर्दा आइतबार अचानक ढलेपछि च्यापिएका तीन कामदारको उद्धार गरिएको छ।
उक्त स्थानमा १७ जना कामदारहरू भाटभटेनी भत्काउन खटिएका थिए। भत्काउँदै गर्दा भाटभटेनीको पछाडिको खण्ड अचानक ढल्दा कामदारहरू च्यापिएका थिए।
भवन ढल्नेबित्तिकै प्रहरी घटनास्थलमा आइपुगेकाले उद्धारमा सहजता भएको प्रत्यक्षदर्शीले बताएका थिए। काठमाडौँ प्रहरी प्रमुख एसएसपी रमेश थापा आफैँ टोली लिएर घटनास्थल पुगेका थिए।
उद्धार गरिएका तीनै जनाको उपचार टिचिङ अस्पतालमा भइरहेको छ।
घाइते हुनेमा हेटौंडाका २५ वर्षीय दिपक तामाङ, ३३ वर्षीय राजकुमार स्याङ्तान र ३१ वर्षीय बिजय पाख्रिन छन्।

यस स्थानमा रहेको भाटभटेनी स्टोरमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोडमा ठूलो क्षति भएको थियो भने अहिले उक्त भवन कामदारहरूले भत्काइरहेका थिए।
सडक क्षेत्र छेकेर भवन भत्काउँदै गरे पनि त्यस क्षेत्रमा आवागमन असुरक्षित भएको थियो।
(यसअघि सूचना अन्यथा हुन गएकाले सच्याइएको छ।)


भर्खरै
लोकप्रिय






































































































































































































