काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका नेताहरू दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्।
दल दर्ताका लागि यसअघि नै निवेदन दिइसकेको भए पनि थप कागजात लिएर नेताहरू आयोग पुगेका हुन्।
वर्षमान पुन, देव गुरुङ, राजेन्द्र पाण्डेलगायतका नेताहरू निर्वाचन आयोग गएका हुन्।
यही कार्तिक १९ गते नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत १० दलबीच पार्टी एकता घोषणा भएको थियो।
एकीकृत दल दर्ताका लागि त्यसै दिन ठाडो निवेदन दिए पनि थप कागजातसहित आइतबार उपस्थिति भएका हुन्। दल दर्ताका लागि २३ किसिमका कागजात चाहिने आयोगले जनाएको छ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी।

भर्खरै
लोकप्रिय






































































































































































































