पार्टीका युवाहरुलाई ओलीको निर्देशनः सरकारको अनुमति चाहिँदैन, सडक प्रदर्शनमा उत्रिनू

पार्टीका युवाहरुलाई ओलीको निर्देशनः सरकारको अनुमति चाहिँदैन, सडक प्रदर्शनमा उत्रिनू
+
-

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका युवाहरुलाई सडकमा उत्रिन निर्देशन दिएका छन्। उनले सरकारले अनुमति नदिए पनि सडक प्रदर्शनमा उत्रिन निर्देशन दिएका हुन्।

आइतबार काठमाडौँमा आयोजित एमाले निकट युवा संघको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले जायज माग राखेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिने भएकाले सरकारले अनुमति नदिए पनि केही फरक नपर्ने बताएका हुन्।

अध्यक्ष ओलीले प्रदर्शनका लागि सरकारलाई जानकारी दिन युवाहरुले सक्ने भए पनि स्वीकृति नभए पनि नडराई प्रर्दशनमा उत्रिनुपर्ने बताए।

उनले संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न दिएकाले त्यसमा रोक लगाउने अधिकार कसैलाई पनि नभएको बताए।

उनले भने, ‘प्रशासनलाई जानकारी दिनुहोस्। हामीलाई लुकेर गर्नुछैन। जानकारी दिनुस्। अहिले पनि हामी यसरी गर्दै छौँ स्वीकृति दिनुस भनेर भन्नुस्। स्वीकृति दिनुहुन्न भने स्वीकृति चाहिँदैन, सडक उत्रिनुस्। संविधानभन्दा सिडिओको आदेश माथि हुँदैन। सिडिओको आदेशले संविधान काट्दैन।’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’