- मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परामर्शमा रहेका कारण एक दुई दिन लाग्नेछ।
- विभिन्न पार्टीका नेताहरू संविधानको धारा अनुसार सरकार गठन हुनुपर्ने पक्षमा कार्यालयमा पुगेका छन्।
- मुख्यमन्त्री सोनलले विश्वासको मत नपाएपछि राजीनामा दिए, र नयाँ सरकार गठन प्रक्रिया मन्थर छ।
जनकपुरधाम – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान हुन एक दुई दिन लाग्ने भएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आफू अहिले परामर्शमै रहेकाले एक दुई दिन लाग्ने सक्ने बताएकी हुन्। आइतबार साँझ नेकपा एमाले बाहेकका दल एक भएर छलफलको लागि प्रदेश प्रमुखको कार्यालयमा गएकोमा प्रदेश प्रमुख भण्डारीले यस्तो बताएको मुख्यमन्त्री जितेन्द्र सोनलले बताए।
सोनलले प्रदेश प्रमुखले छलफलमै रहेकाले एक दुई दिन ढिलो हुन सक्ने आफूहरुलाई प्रदेश प्रमुखले बताएको बताए। प्रदेश प्रमुखले संविधान अनुसार नै कदम चाल्ने छलफलको क्रममा बताएको सोनलले भने।
जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवले आफूहरु प्रदेश प्रमुख भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम आह्वान गरेर एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई नियुक्त गरेर काठमाडौँ जाने सुँइको पाएपछि सबैजना मिलेर प्रदेश प्रमुखको कार्यालयमा पुगेको बताए।
यस्तै, नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णाप्रसाद यादवले आफूहरु गठबन्धनभन्दा पनि संविधानको धारा अनुसार सरकार गठन हुनुपर्ने पक्षमा रहेको बताए। उनले कांग्रेस अहिले कुनै पनि गठबन्धनमा नरहेको भन्दै अहिले संविधानेको धारा अनुसार नै सूचना आह्वान होस् त्यसका लागि सबैजना मिलेर प्रदेश प्रमुखको कार्यालयमा गएको बताए।
शनिबार विश्वासको मत पाउने नभएपछि सोनलले राजीनामा दिएका थिए। उनले राजीनामा दिएको २४ घण्टा बितिसक्दा पनि नयाँ सरकार गठनका लागि आह्वान भएको छैन्। आइतबार दिनभर विभिन्न राजनीतिक दलसँग छुट्टा छुट्टै भेटेकी प्रदेश प्रमुख सोमबार कानून व्यवसायी तथा संविधानका जानकारहरुसँग छलफल गर्ने भएकी छन्।

भर्खरै
लोकप्रिय






































































































































































































