दाङ – जेनजी आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए।
शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही उपमहानगरपालिका आगजनि गर्नेमाथी घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।
ब्यक्तिगत सम्पत्तिमा आगजनि र तोडफोड गर्नेहरु विरुद्ध कसैले जाहेरी हालसम्म नदिएको उनले बताए । उनले पक्राउ परेकामाथी सोधपुछ भइरहेको र अन्यलाई नियन्त्रणमा लिन खोजी कार्य तिब्र पारीएको बताए।


भर्खरै
लोकप्रिय






































































































































































































