मधेसः एमालेबाहेकका दलले गरे सरकार गठन आह्वान गर्न माग

मधेसः एमालेबाहेकका दलले गरे सरकार गठन आह्वान गर्न माग
+
-
देशसञ्चार AI सारांश
  • एमालेबाहेकका दलहरूले प्रदेश प्रमुखलाई संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान माग गरेका छन्।

  • मुख्यमन्त्री सोनलले राजीनामा दिएपछि पनि २४ घण्टा बितिसक्दा प्रदेश प्रमुखले आह्वान नगरेकोमा भेट भएको छ।

  • प्रदेश प्रमुख भण्डारीसँग विभिन्न दलका नेताहरूले परामर्श गरे पनि नयाँ सरकार गठन आह्वान भएको छैन।

जनकपुरधाम – मधेस प्रदेशमा एमालेबाहेकका दल एकजुट भएर प्रदेश प्रमुखलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन्।

शनिबार पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका जितेन्द्र सोनलले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि करिब २४ घण्टा बित्न लाग्दासमेत आह्वान नगरेको भन्दै प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग भेट्न गएका छन्।

मधेस प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, लोकतान्त्रिक पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन्।

मधेस प्रदेशको प्रशासनिक भवन रहेको मधेस भवनको अगाडि लोसपाका नेता तथा कार्यकर्ता विरोध प्रदर्शनसमेत गरिरहेका छन्। उनीहरुले प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम आह्वान गर्नुपर्ने माग गर्दै विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्।

लोसपाका महासचिव डा। सुरेन्द्र झाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान हुनुपर्ने बताए। उनले प्रदेश प्रमुख कुनै पार्टीको नभई संवैधानिक निकायको व्यक्ति भएकाले संविधानअनुसार नै सरकार गठनका लागि आह्वान गर्नुपर्ने बताए।

शनिबार मुख्यमन्त्री सोनलले राजीनामा दिएपछि आइतबार दिनभर प्रदेश प्रमुख भण्डारी विभिन्न दलका नेताहरुसँग छुट्टा छुट्टै भेट गरेकी छिन। उनले सरकार गठन सम्बन्धमा सबैसँग परामर्श गरेपनि अहिलेसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेकी छैनन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’