भीम रावलसँग नेकपाको एकता वार्ता टुंगियो, बिहीबारसम्म घोषणा हुने

भीम रावलसँग नेकपाको एकता वार्ता टुंगियो, बिहीबारसम्म घोषणा हुने
+
-

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी र भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानबीच पार्टी एकीकरण हुने भएको छ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टीसहित १० पार्टीबीच कार्तिक १९ गते एकता घोषणा भएको थियो। त्यसै दिन रावललाई पनि एकतामा सहभागी गराउने तयारी भए पनि अन्तिम समयमा रोकिएको थियो।

आइतबार नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालबीच उनकै निवास टोखामा भएको छलफलले एकता टुङ्ग्याएको हो।

अब नेपाली कम्युनिस्ट पार्टीमा रावल छैठौं वरियताको नेता हुने सहमति भएको स्रोतले जानकारी दियो। एक वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाएको भन्दै उनलाई पार्टीबाटै निष्कासन गरिएको थियो।

चार वर्षअघि सौराहमा भएको पार्टीको दशौं राष्ट्रिय महाधिवेशनमा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल पराजित भएका थिए। उनले ओलीको पार्टी सञ्चालन शैलीमाथि निरन्तर प्रश्न उठाएपछि ओलीले कारबाहीस्वरूप दलबाटै निकालिदिएका थिए। त्यसपछि रावल मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका छन्।

छुट्टै दल बनाउने तयारीमा रहेका रावल जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका कारण नेकपामा सहभागी हुन सहमत भएका हुन्। नेकपा स्रोतका अनुसार रावललाई कार्तिक २७ गतेभित्र कार्यक्रम गरेर नेकपामा स्वागत गर्ने तयारी छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’