काली मन्दिरको बलिबाट ३ लाख रुपैयाँभन्दा बढी रकम संकलन

काली मन्दिरको बलिबाट ३ लाख रुपैयाँभन्दा बढी रकम संकलन
+
-

विराटनगर- बडादशैंको अवसरमा विराटनगरस्थित ऐतिहासिक काली मन्दिरमा चढाइएको बलिबाट ३ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ।

विराटनगरको मेनरोडमा रहेको काली मन्दिरमा दशैंका षष्ठी, सप्तमी, नवमी र दशमीका दिन भक्तजनले भाकलस्वरूप बलि चढाउने परम्परा रहिआएको छ।

मन्दिर व्यवस्थापन समितिका बलि संयोजक दिनेश रायका अनुसार यस वर्ष पाँच दिनसम्म चलेको बलिबाट ३ लाख १९ हजार ८ सय रुपैयाँ संकलन भएको हो।

मन्दिरले तोकेको दरअनुसार बोकाको बलिबापत प्रति एकाइ १ सय रुपैयाँ राखिएको छ। यसपटक १ हजार ६ सय ९३ वटा बोकाको बलिबाट १ लाख ६९ हजार ३ सय रुपैयाँ संकलन भएको समितिले जनाएको छ।

त्यस्तै, हाँस र कुखुराको बलिबापत प्रति एकाइ ५० रुपैयाँ दर राखिएकोमा ३ हजार १० वटा बलिबाट १ लाख ५० हजार ५ सय रुपैयाँ संकलन भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?