कोतघरमा सरायको रौनक

कोतघरमा सरायको रौनक
+
-
देशसञ्चार AI सारांश
  • गुल्मीसहितका पश्चिमी जिल्लाहरूमा एकादशीदेखि पूर्णिमासम्म सराय नाच प्रचलित छ, जसमा युद्ध हतियारको प्रदर्शन गरिन्छ।
  • पर्वको समयमा रंगीन ध्वजापतकासहितको आलमलाई भगवान्को प्रतीक मान्दै सराय नाच उत्साहपूर्वक गरिन्छ।
  • स्थानीय तहले सराय नाचको संरक्षणका लागि संरचना सुधार, बजेट विनियोजन, र युवा सहभागिता प्रेरित गर्न काम गरिरहेको छ।

तम्घास (गुल्मी) – दसैँ सकिएलगत्तै गुल्मीका कोतघरमा सरायको रौनक देखिएको छ। नेपालका पश्चिमी जिल्लामा सराय नाच्ने गरिन्छ। एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म नाचिने सरायमा खुडा, भाला, तरवार, खुकुरी जस्ता युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरी ‘वाख्खै वा’ शब्द उच्चारण गरी गरिन्छ।

गुल्मी, अर्घाखाँची, प्यूठान लगायतका जिल्लामा एकादशी, द्वाद्वसी, त्रायोदशी र पूर्णिमाको दिन फरक–फरक ठाउँमा सराय नाच्ने गरिन्छ। गुल्मीको इस्मा मैदान, धुर्कोट कालिका मन्दिर, वाग्ला कोत, राङदलचौर, कुमारीदेवी मन्दिरलगायतका स्थानमा सराय नाचिएको छ। पूर्णिमाको दिन धुर्कोट कोत, अर्जै, मुसिकोटलगायतका स्थानमा सराय नाचिन्छ। सरायमा बालबालिका, युवा, महिलाका साथै वृद्धवृद्धासमेत नाच्ने गरेको इस्मा कोटका पुजारी गोविन्द अर्यालले बताए।

रङ्गीचङ्गी ध्वजापतकाले सिङ्गारिएको आलमलाई भगवान्को प्रतीकको रूपमा लिइन्छ। लाइनमा रहेका सयौँ भक्तजन एक समूहले अर्को समूहलाई आक्रमण गरे जस्तो देखिने सराय नाँच रमाइलो संस्कृतिका रूपमा लिइन्छ। राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र दुर्गा भगवती तथा कालिका मन्दिरमा हतियार नचाएर सराय नाच्न थालिएको हो। यसरी नाच्दा देवी प्रसन्न हुने धार्मिक विश्वास गरिन्छ।

वाग्लाको वाग्ला माध्यमिक विद्यालयको प्राङ्गणमा विसं २०१५ भन्दा अगाडिदेखि नै सराय नाच्न थालिएको स्थानीयसमेत रहेका पूर्ववडाध्यक्ष हिमप्रसाद पन्थीले बताए। “तत्कालीन समयमा युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरेर सराय नाचिन्छ”, पन्थीले भने, “युवा सहभागिताले सरायमा उत्साह थपेको छ।”

इस्माकोट मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष कृष्णप्रसाद रिजालले परापूर्वकालदेखि नै सराय नाचिएको बताए। “सुरु भएको मिति त कसैलाई थाहा छैन, तर बाउ–बाजेका पालादेखि नै मैदानमा सराय नाचिएको छ”, उनले भने। इस्मामा छापाली र इस्माली भेट भएपछि सरायको औपचारिक सुरुआत हुन्छ। बाइसेचौबिसे राज्य हुँदाताका भुरे राजाले आफ्नो कोतमा सराय नाच नचाउने गरेपछि नै सराय सुरु भएको बूढापाका बताउँछन्।

यस्तो छ सरायको किंवदन्ती

घटस्थापनादेखि नौ दिनसम्म देवीको पुजा गर्दा महाकाली उत्पति भइन्। पछि महाकाली ठूली हँुदै गइन् र राक्षसलाई मारिन्। त्यसपछि रामचन्द्रले राउण्डेलाई मारे। नौ दिनसम्म पूजा गरी राक्षसलाई मारेको उत्सवस्वरूप दसैँको टीका लगाउने प्रचलन बस्यो। त्यसैगरी राउण्डेलाई मारेको उत्सवमा हजारौँ वर्षअघि द्वापरयुगमा सराय खोल्न थालिएको इतिहास छ।

संरक्षण गर्ने प्रयासमा स्थानीय तह

धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले आफुहरूले धुर्कोट कोतलगायतका मन्दिरमा संरचना थप गर्ने, मर्मत गर्ने लगायतका काम गरेर सराय नाचलाई व्यवस्थित गर्न लागिपरेको बताए।

“बसाइँ सरेका नागरिक पनि दसैँमा घर आउने भएकाले सरायमा उल्लेख्य सहभागिता देखिन्छ”, उनले भने, “सराय खेल्न युवा पुस्तालाई उत्प्रेरित गरेका छौँ।” उनले प्रत्येक मन्दिरहरूमा सराय व्यवस्थित गर्नका लागि बजेटसमेत विनियोजन गरेको बताए।

त्यस्तै इस्मा गाउँपालिकाका प्रमुख भगतसिंह खड्काले गाउँपालिका भित्रका विभिन्न कला संस्कृति र परम्परा जोगाउन आफुहरू योजनाबद्ध रूपमा लागेको बताए। उनले अहिले पञ्चेबाजा संरक्षण, मठ मन्दिरको संरक्षणलगायतका काम भइरहेकाले अब बिस्तारै ऐतिहासिक कला संस्कृतिको प्रचारप्रसार र जगेर्ना गर्नुपर्नेमा जोड दिए। त्यसैगरी रु एक करोडभन्दा बढीको लागतको इस्माकोटको मर्मत तथा पुनर्निर्माण गरिएको उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?