
काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ भने चाँदीको मूल्य सामान्य मात्र घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार रुपैयाँ पुगेको हो।
मंगलबार तोलामा २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलामा २ हजार ६ सय रुपैयाँले बढेको हो।
यता, चाँदीको मूल्य भने सामान्य घटेको छ। मंगलबार तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा २ हजार ९५५ रुपैयाँमा झरेको छ। अर्थात् तोलामा ५ रुपैयाँले सस्तो भएको हो। १० ग्राम चाँदी पनि २ हजार ५३८ रुपैयाँबाट घटेर २ हजार ५३३.५० रुपैयाँमा पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको उतारचढाव र सुनप्रतिको माग बढेसँगै नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै गएको महासंघले जनाएको छ।