झापाका एक युवकको रहस्यमय ढंगले हत्या, पुलमुनि गाडेको अवस्थामा शव भेटियो

झापाका एक युवकको रहस्यमय ढंगले हत्या, पुलमुनि गाडेको अवस्थामा शव भेटियो
+
-
देशसञ्चार AI सारांश
  • झापा शिवसताक्षीका सरोज शर्माको शव बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला परेको छ।
  • स्थानीय सुनिल साहलाई हत्या आरोपमा पक्राउ गरेपछि आक्रोशित भिडले उनको घरमा तोडफोड र आगजनीको प्रयास गरे।
  • अर्को आरोपी राहुल साहसहित हत्या आरोपमा दुई जनालाई प्रहरीले झिलझिले इलाका कार्यालयबाट नियन्त्रणमा लिएको छ।

झापा- झापा गाउँपालिका वडा नं.५ र बाह्रदशी गाउँपालिका वडा नं.२ को सिमाना हुलाकी राजमार्गको बिरिङ खोलाको पुलमुनि एक युवकको शव भेटिएको छ ।

आफ्नो कारसहित केही दिनदेखि बेपत्ता झापा शिवसताक्षी १० माईधारका सरोज शर्माको शव भेटिएको प्रहरीले जनाएको छ।

कालो प्लास्टिकले बेरिएको शव गन्हाएको अवस्थामा भेटिएको हो । २–४ दिन अगाडी नै मारेर गाडेको हुन सक्ने आशंका गरिएको छ । प्रहरी टोली पुगेर शव गाडिएको ठाउँबाट शव शनिवार बिहान निकालिएको छ ।

शर्माको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका स्थानीय सुनिल साहको घरमा तोडफोड भएको छ ।

हुलाकी मार्गअन्तर्गत बिरिङ पुलमुनि शर्माको शव गाडिएको अवस्थामा फेला परेपछि आक्रोशित भीडले माईधारका साहको घरमा तोडफोड गरेका हुन् । भीडले घरमा आगजनी गर्न खोज्दा प्रहरीले रोकेको छ।

यसैबीच शर्माको हत्यामा संलग्न भएको आरोपमा दुईजना पक्राउ परेका छन् । हत्या आरोपमा माईधारकै २५ वर्षीय सुनिल साह र अन्दाजी २६ वर्षीय राहुल साह पक्राउ परेका हुन् । उनीहरू दुवैलाई इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुवास केसीको कमाण्डमा खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो ।

शर्माको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । सो घटनामा ४–५ जनाको संलग्नता रहेको आफन्तले जनाएका छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’