काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
शनिबार बिहान १२:३० बजेदेखि भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक सुरु भएको हो।
बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषय, निर्वाचन, प्रतिनिधि सभा पुनःस्थापना, जेन जी, सरकार र राजनीतिक दलहरुसँग भएको वार्ता, नेकपा (एकीकृत समाजवादी) का नेता, कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गर्ने लगायतका विषयहरुमा छलफल हुनेछ।
साथै पार्टीको महाधिवेशन कार्यसूचिबारे पनि छलफल हुने नेताहरूले बताएका छन्।

तस्बिर: न्यूज एजेन्सी नेपाल

भर्खरै
लोकप्रिय






































































































































































































