५२ औं नेपाल पर्वतारोहण संघ (एनएमए) दिवस सम्पन्न

५२ औं नेपाल पर्वतारोहण संघ (एनएमए) दिवस सम्पन्न
+
-

काठमाडौँ – नक्सालस्थित नेपाल पर्वतारोहण संघको सचिवालयमा ५२ औं नेपाल पर्वतारोहण संघ (एनएमए) दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।

एनएमएले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवमा कीर्तिमानी पर्वतारोही, पर्वतीय पर्यटनसँग सम्बन्धित संस्था, पत्रकार र कर्मचारीलाई संस्थाका उल्लेखनीय व्यक्तित्वहरूको नाममा पुरस्कार प्रदान गर्दै आएको छ।

जसमा डाउन फेदर पहिरन बिना ८००० मिटरभन्दा माथिका १४ वटा हिमाल आरोहण गरेर इतिहास रच्ने मिङ्मा तेन्जी शेर्पाले कुमार खड्ग विक्रम शाह साहसिक पुरस्कार प्राप्त गरे।

विश्वको दोस्रो अग्लो शिखर माउन्ट के२ छ पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने सिद्धिबहादुर तामाङलाई डा हर्क गुरुङ पर्वतारोहण पुरस्कार प्रदान गरिएको थियो। यसका साथै, सगरमाथा आरोहण गर्ने नेपालकै पहिलो महिला सब इन्स्पेक्टर कुञ्जाङ त्शोपेल शेर्पालाई पासाङ ल्हामु शेर्पा साहसिक महिला पर्वतारोही पुरस्कारले सम्मानित गरिएको थियो। पत्रकार सुरज कुँवर र पवन फुयाँललाई दावा नोर्बु माउन्टेन जुमालिज्म अवार्ड प्रदान गरिएको थियो।

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा एनएमए अध्यक्ष फर गेल्जे शेर्पालगायतले मन्तव्य राखेका थिए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’